Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साइँलीसँग दयाहाङ र गौरवले मर्काए कम्मर (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/12/09
 
गायक हेमन्त रानाको स्वरमा रहेको चर्चित गीत ‘साइँली’ नाम सापटी लिएर निर्माण भएको फिल्म ‘साइँली’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘नाच माया...’ बोलको गीत निर्माण टिमले आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गर्‍यो । गीतमा गायक हेमन्तले नै स्वर भरेका छन् । उनकै जन्मदिनमा गीत सार्वजनिक गरिएको हो । 
 
 
हर्क साउदको शब्द रहेको गीतमा सुशान्त गौतमको संगीत सुन्न सकिन्छ । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतको भिडियोमा लिड कलाकारहरु गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई र केनिपा सिंह फिचर्ड छन् । ‘साइँली’ गीतमा झैं फिल्ममा पनि गौरव र मेनुका जोडीको रुपमा प्रस्तुत छन् । 
 
चैत १५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । कथा पनि उनकै हो । ‘साइँली’ गीतले बोकेको भावलाई नै फिल्ममा उतारिएको निर्माण टिमको भनाई छ । गीतमा वैदेशिक रोजगारीमा गएका गौरव र गाउँमा घाँसपात गरेर बसेकी मेनुकाको प्रेमभाव प्रस्तुत गरिएको थियो । 
 
 
गायक हेमन्त राना र गौरव पहारीले मिलेर फिल्म निर्माण गरेका हुन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा विशाल गुरुङ र मोहन थापा निर्मातामा छन् । 
 
 
बिजय अवाले, विकाश पुजास र सुवेक्छा केसी सह-निर्माताको रहेको फिल्मको कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । फिल्ममा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि. कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)