हँसाउनकै खातिर दुई अर्थी संवाद राखेर धेरै नेपाली फिल्म निर्माण भइसकेका छन् । तर, सफलता कस-कसले हात पारे ? सम्झन गाह्रो छ । फेरि एकपटक दुई अर्थी संवाद कोचेर नयाँ फिल्म ‘जे सुकै होस्’ निर्माण भएको छ । यो फिल्म पुष २० गतेबाट प्रदर्शन हुँदैछ ।

फिल्मको आइतबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले अफिसियल ट्रेलर लञ्च गरेको छ । ट्रेलरमा कुलतमा फसेका युवाहरुको दैनिकी प्रस्तुत गरिएको छ । दुई अर्थी संवादलाई प्राथमिकता दिइएको ट्रेलरमा इन्टिमेट सिनले पनि 'स्पेस' पाएको छ । ट्रेलरले नै फिल्म एडल्ट बताउँछ ।
उमेश गुरुङको निर्देशन रहेको फिल्ममा चन्दा ढकाल, किस्मत तामाङ, रोशना श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, ए.वी अन्जानलगायतका कलाकारहरुको लिड अभिनय छ । नवराज जंग थापा (जंगे) ले फिल्म निर्माण गरेका हुन् । फिल्मले आम मानिसको जीवनमा घटेको घट्ना बोल्ने निर्देशक गुरुङ बताउँछन् ।
फिल्ममा निर्देशक स्वयं प्रमुख भूमिकामा छन् । सरेश अधिकारी, लक्ष्मण शेष, नवराज जंग थापा र डि.आर अटुको संगीत रहेको फिल्मका गीतमा राजेश पायल राई, मेलिना राई, मिना निरौला, सुधा रत्न, रुपक श्रेष्ठ र विनोद राईले स्वर भरेका छन् । बनिश शाह र सालिक दुलालले सम्पादन गरेको फिल्ममा निर्देशकको नै कोरियोग्राफी छ ।
ट्रेलर हेर्नुहोस् :-

