Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘प्रसाद’ को आक्रामक सुरुवात : वितरक

फिल्मीखबर, काठमाण्डौ, 2018/12/08
दशैं रिलिज फिल्म ‘छक्का पञ्जा ३’ पछि नेपाली फिल्मले अपेक्षित व्यापार गर्न सकेका छैनन् । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ को व्यापार भने अनपेक्षित देखिएको छ । ‘लै लै’ गीतले फिल्मको निर्माण अगावै राम्रो हाइप निर्माण गरेको थियो भने ट्रेलरले दर्शकमा फिल्मप्रति अपेक्षा बढाएको थियो । अहिले यसको प्रभाव बक्सअफिसमा देखिएको छ । फिल्मको इनिसियल बक्सअफिस कलेक्सन आक्रामक रहेको वितरकको दाबी छ । 
 
प्रदर्शनको दुई दिन अगाडि राजधानीमा भएको प्रियिमरमा चलचित्रकर्मीले निर्देशकको काम, कलाकारको अभिनय र संवेदनशिल विषयवस्तुको मुक्तकण्ठले प्रशंसा गरेका थिए । निःसन्तान दाम्पतीको कथा-व्यथा वाचन गरेको फिल्मलाई अहिले दर्शकले पनि उत्तिकै रुचाएका छन् । बलियो 'वर्ड अफ माउथ' ले फिल्म बक्सअफिसमा लामो रेसको घोडा बन्ने देखिएको छ । 
 
प्रदर्शनको पहिलो दिन ७५/८० प्रतिशत अकुपेन्सी कायम गरेको फिल्मको शनिबार लगभग शतप्रतिशत अकुपेन्सी रहेको वितरकको भनाई छ । राजधानी वितरक गोविन्द शाही र मोफसल वितरक मनोज राठीका अनुसार, शुक्रबारभन्दा शनिबार फिल्मको कलेक्सनमा ठूलो अन्तर देखिएको छ । चिसिँदो मौसमको प्रवाह नगरि बिहानैदेखि हलमा दर्शकको भीड देखिएको वितरक बताउँछन् । 
 
फिल्मले दुई दिनमा लगभग एक करोड कलेक्सन गर्ने अनुमान फिल्मी पण्डितहरुको छ । मल्टिप्लेक्स र सिंगल स्कृन जताततै दर्शकको उत्साहजनक उपस्थिति रहेको निर्माता सुबास थापाले बताए । टिकट अभावका कारण धेरै दर्शक घर फर्किन समेत बाध्य भएको हल सञ्चालकले बताएका छन् । फिल्म हेरेर निस्किएका अधिकांश दर्शकले कलाकारको अभिनय र कथावस्तुको प्रशंसा गरेका छन् ।
 
 
निर्माताले सर्वाधिक शेयर हात पार्ने काठमाण्डौको क्यूएफएक्स चेन अन्र्तगतको ५ वटा हलमा फिल्मले शनिबार पाएको १६ सोज सबै हाउसफुल भएका छन् । केही सोज भने 'सोटाइम' भन्दा केही घण्टा अगाडि नै सोल्डआउट भए । अन्य मल्टिप्लेक्सहरुमा पनि फिल्म हाउसफुल छ । यो अवस्था सिंगल स्कृनमा पनि देखिएको छ । 
 
शनिबार मध्यमवर्गिय दर्शकको चाप रहने राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगालगायतका हल 'सोटाइम' भन्दा एक घण्टा अगाडि नै हाउसफुल भएका छन् । मोफसलमा पनि यस्तै अवस्था रहेको वितरक राठी बताउँछन् । उनी फिल्मप्रति दर्शकको क्रेज देखेर अचम्मित छन् । भन्छन्, 'सुरुवात यस्तो हुन्छ भन्ने कल्पनै गरेका थिएनौं । मोफसलका कुनै हलमा दर्शक अभाव छैन ।'
 
‘प्रसाद’ ले दर्शकसँगै समीक्षकबाट पनि उत्कृष्ट प्रतिक्रिया पाएको छ । धेरैपछि नेपाली फिल्मले बलिउड फिल्मलाई समेत छायाँमा पारेको छ । प्रियंका चोपडाले निर्माण गरेको नेपाली भाषाको सिक्कमी फिल्म 'पाहुना' र सुशान्त सिंह राजपुत-सारा अलि खान स्टारर फिल्म 'केदारनाथ' उक्त फिल्मका कारण सकसपूर्ण अवस्थामा छन् ।  मल्टिप्लेक्समा दुई फिल्मभन्दा शुक्रबार र शनिबार ‘प्रसाद’ मा दर्शकको उच्च चाप देखिएको छ । 
 
विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत फिल्मको केन्द्रिय भूमिकामा छन् । फिल्मका मेरुदण्ड विपिन हुन् । उनको चरित्रले फिल्मलाई शक्तिशाली बनाएको छ । फिल्मले अन्तरजातीय विवाह गरेर राजधानी छिरेको एक प्रेमिल जोडीको कथा भन्छ । विपिन र नम्रताको जीवनमा निश्चलको प्रवेशपछि आउने उचारचढावमा फिल्म केन्द्रित छ । यसका निर्देशक दिनेश राउत हुन् । कथा सुशील पौडेलको हो । 
Most Visited News (monthly)