Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘२.०’ : भारतमा १५० करोड नजिक, वर्ल्डवाइड कमाई ५ सय करोड

एजेन्सी, मुम्बई, 2018/12/08
 
सुपरस्टार रजनीकान्त र अक्षय कुमार स्टारर फिल्म ‘२.०’ रिलिज भएसँगै बक्सअफिसमा धूम मच्चाइरहेको छ । फिल्मलाई विश्वभर निकै रुचाइएको छ । यसले 'बाहुबली' पार्ट २ को रेकर्ड समेत तोडेको छ । फिल्मले वर्ल्डवाइड ५ सय करोड कमाएको छ । फिल्मको हिन्दी भर्सनको कमाई पनि जबरजस्त छ । 
 
ट्रेड एनलिस्ट तरण आदर्शका अनुसार, फिल्मले हिन्दी भर्सनमा पहिलो हप्ता नेट १ सय ३९ करोड ७५ लाख कमाएको छ । फिल्मले प्रदर्शनको पहिलो दिन २०.२५ करोड, दोस्रो दिन १८ करोड, तेस्रो दिन २५ करोड, चौथौं दिन ३४ करोड, पाँचौं दिन १३.७५ करोड, छैटौं दिन ११.५० करोड, सातौं दिन ९.५० करोड र आठौं दिन ७.७५ करोड छापेको छ । 
 
फिल्मलाई चार दिने विकेन्ड मिलेको थियो । फिल्मले प्रदर्शनको पहिलो दिन नै वर्ल्डवाइड सय करोडको कमाई गरेको थियो । देश तथा विदेशमा कयौं ठाउँमा विभिन्न भाषामा फिल्म रिलिज भएको छ । पहिलो पटक रजनीकान्त र अक्षयले यो फिल्ममा सँगै काम गरेका हुन् । 
 
एस शंकर निर्देशित ‘२.०’ फिल्म 'रोबोट' को सिक्वेल हो । फिल्म टेक्निकल रुपबाट निकै तगडा छ । भिजुअल ट्रिट कमालको छ । भिएफएक्सको निकै प्रयोग गरिएको छ । फिल्ममा एक्सनसँगै रोबोट रोमान्स पनि देखाइएको छ । एमी ज्याक्सन फिल्ममा लिड एक्ट्रेसको रोलमा छिन् । 
Most Visited News (monthly)