Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

भाइबरमार्फत् ‘न यता न उता’ को प्रचार

फिल्मीखबर, काठमाण्डौ, 2018/12/08
गतिलो प्रचार नभए अब दर्शकलाई हलसम्म डोर्‍याउन गाह्रो छ । महिनामा झण्डै एक दर्जन फिल्म रिलिज हुने हुँदा कहिले कुन फिल्म रिलिज हुँदैछ भन्नेमा दर्शक अनविज्ञ हुन्छन् । यसकारण फिल्मप्रति दर्शकलाई आकर्षित गर्न अचेल निर्माताहरुले अनेकौं उपाय अबलम्बन गर्ने गरेका छन् । 
 
रोड कन्सर्ट, उपहारका योजना, माइकिङ, पर्चा पम्प्लेटजस्ता प्रचार सामाग्री पुरानो हुँदै जाँदा निर्माताहरु नयाँ-नयाँ उपायको खोजी गर्न थालेका छन् । यसबीच नेपाली चलचित्र इतिहासमा पहिलो पटक भाइबरले फिल्म ‘न यता न उता’ को स्टिकर प्याक प्रस्तुत गरेको छ । 
 
 
भाइबरले नेपालमा पहिलो पटक नेपाली फिल्मको स्टिकर प्याक प्रस्तुत गरेको हो । यसको औपचारिक सुरुवात यही मंसिर २० गतेबाट फिल्मको स्टिकर प्याकको उपलब्धताबाट भएको हो । यस फिल्मको स्टिकर अब भाइबरको स्टिकर बजारमा सजिलै पाउन सकिन्छ । 
 
निर्माण टिमले स्टिकर प्याक डाउनलोड गरेर फिल्ममा आबद्ध कलाकारसँग च्याट गर्ने मौकादेखि प्रमोशनको क्रममा डिनर तथा फिल्मको फ्रि टिकटहरु प्रदान गरिने योजना पनि अगाडि पारेको छ । यो माघ २५ गते प्रदर्शनमा आउने फिल्म हो । 
 
२ जना अर्धवैशे पुरुषहरुको जीवनमा आइपरेको संकटलाई दर्शाइएको फिल्ममा ऋचा शर्मा, समिर दिक्षित, छुल्थिम गुरुङ्ग, मिराज रोश, राजारम पौडेल, बुद्धि तामाङ्ग, रविन्द्र झा, कमलमणी नेपाली, जयनन्द लक्ष्मी, लुनिभा तुलाधर, सिल्सा जिरेल र नम्रता सापकोटा रहेका छन् । यो फिल्म मिराज रोशद्वारा निर्देशित हो ।
Most Visited News (monthly)