Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंकाजी, प्रेम र फिल्ममा महत्त्व कसलाई ?

फिल्मीखबर, काठमाण्डौ, 2018/12/07
फिल्मी जीवन झैं अभिनेत्री प्रियंका कार्कीको नीजि जीवन पनि खुल्ला किताब जस्तै छ । उनी हरेक कुरा मिडिया र आफ्ना प्रशंसकलाई साझेदार गरिरहेकी हुन्छिन् । डिभोर्स प्रश्चात् नेपाली फिल्मको आकाशमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी उनी अचेल फिल्मका कारण कम, नीजि जीवनका कारण बढी चर्चामा रहने गरेकी छन् । 
 
 
नजिकबाट चिन्नेहरुका लागि प्रियंका अहिले अभिनेता आयुष्मान देशराज जोशीको प्रेममा रहेको कुरा अनौठो होइन । फिल्म 'कथा काठमाडौं' बाट झाँगिएको प्रेम अब अर्को वर्ष विवाहमा परिणत हुने तरखरमा छ । दुईपटक इन्गेजमेन्ट गरिसकेका स्टार कपल अहिले एकसाथ फिल्म गर्न व्यस्त छन् । 
 
हाल प्रियंका र आयुष्मान फिल्म 'प्रेम दिवस' को छायांकनमा छन् । 'चंगा चेट' मा पनि यी दुईले काम गरिसकेका छन् । अफेयरमा रहेको खबर सर्वत्र भएपछि दुईलाई लिएर फिल्म बनाउन मेकर्सहरु पनि तँछाड-मछाड गरिरहेका छन् । दुईले आफू अनुबन्ध भएको फिल्ममा एकअर्कालाई भित्राउन कसरत गर्ने गरेको समेत सिनेवृतमा चर्चा छ । 
 
आयुष्मानभन्दा अभिनेत्री प्रियंका सामाजिक सञ्जालमा निकै लोकप्रिय छिन् । उनलाई  फेसबुकमा २२ लाख र इन्स्टाग्राममा ६ लाख बढीले पछ्याउँछन् । सामाजिक सञ्जालमा निकै सक्रिय हुने अभिनेत्री हुन्, उनी । आफ्नो व्यक्तिगत अभिव्यक्ति होस् वा कुनै पनि फोटो, उनी दैनिकजसो शेयर गरिरहेकी हुन्छिन् । 
 
केही समययता भने उनी प्रेमीसँग रमाइरहेका तश्बिरहरुमा आनन्दित महशुस गरिरहेकी छन् । विकिनी अवतारमा प्रेमीसँग स्विमिङ पुलमा, फिल्मको सुटिङमा डेटिङ गरिरहेकोदेखि कैयन् रोमान्टिक तश्बिरहरु उनको आधिकारिक सामाजिक सञ्जालमा भेटिन्छन् । यतिबेला करीब २० घण्टा अगाडि उनले इन्टामा शेयर गरेको तश्बिरले निकै धूम मच्चाइरहेको छ । 
 
 
प्रियंका स्विमिङ सुटमा देखिएकी छन् भने आयुष्मान टपलेस छन् । तश्बिरमा दुईलाई निकै रोमान्टिक मूडमा देख्न सकिन्छ । फिल्म छनौटमा चुजी हुन नसक्नु, बक्सअफिसमा एकपछि अर्को फिल्म असफल हुनु र प्रेमीसँगका प्रशंसकलाई पाच्य नहुने तश्बिर लगातार बाहिरिनुले प्रियंकाको क्रेज विस्तारै डामाडोल हुँदै गएको छ । 
 
अहिले उनीप्रति दर्शकमा समेत कुनै चासो देखिन्न । फिल्मभन्दा व्यक्तिगत जीवनको तामझामले दर्शकबाट उनलाई दूर लग्दै गएको छ । हुन त, व्यक्तिगत जीवन जसले जसरी पनि जिउन पाउँदछ । तर, सेलिब्रेटी भएपछि सकभर व्यक्तिगत जीवनको बारे बढी चर्चा नभएको जाती हुन्छ । किनकि, यसको सिधा प्रभाव करिअरमाथि पर्दछ । तर, प्रियंकाले भने फिल्मभन्दा प्रेमलाई बढी महत्त्व दिइरहेको छुट्याउन गाह्रो छैन । 
Most Visited News (monthly)