Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘कबड्डी’ निर्देशकको फिल्म गर्दै प्रदीप

फिल्मीखबर, काठमाण्डौ, 2018/12/07
यस वर्ष प्रदर्शनमा आएको फिल्म 'रोज' बक्सअफिसमा असफल भएपछि अहिले अभिनेता प्रदीप खड्का निर्देशक छनौटमा गम्भीर देखिन थालेका छन् । निर्देशकका कारण 'रोज' कमजोर भएको चौतर्फी आलोचना पश्चात् उनी अहिले गिनेचुनेका निर्देशकको फिल्म भटाभट साइन गरिरहेका छन् । 
 
भेट्रान निर्देशक उज्जवल घिमिरेसँग फिल्म 'लभ स्टेशन' गरिसकेका उनी लभस्टोरी फिल्म बनाउन माहिर मानिने हेमराज विसीको अनटाइटल प्रोजेक्टमा अनुबन्ध भइसकेका छन् । यसमा उनको अपोजिटमा अभिनेत्री साम्राज्ञी आरएल शाह हुनेछिन् । जेठबाट फिल्मको छायांकन सुरु हुने बताइएको छ । 
 
यसबीच उनले 'मिस्टर झोले', 'कबड्डी', 'पुरानो डुङ्गा' निर्देशक रामबाबु गुरुङको एक फिल्म गर्ने भएका छन् । अहिले निर्देशक गुरुङ नयाँ फिल्म 'साइँली' को काममा व्यस्त छन् । उनको र अभिनेता प्रदीपबीच केही पटक छलफल भइसकेको छ । दुईबीच मौखिक सहमती भए पनि कागजी सम्झौता भने भएको छैन । 
 
 
फिल्मीखबरसँग कुराकानी गर्दै अभिनेता प्रदीपले कथा फाइनल नभएका कारण फिल्म साइन गर्न बाँकी रहेको बताए । 'रामबाबु दाईको फिल्म त गर्ने नै हो । अहिले कथाको काम भइरहेको छ । एक/दुई हप्तामा कागजी सम्झौता हुनेछ', उनले भने । यस फिल्मका लागि उनले ४० लाख पारिश्रमिक बुझ्ने खबर छ । 
 
कथा तत्काल फाइनल भए प्रदीप, हेमराजको फिल्मभन्दा अगाडि रामबाबुको गर्ने तयारीमा छन् । उनका अनुसार, कुन फिल्म अगाडि गर्ने भन्ने विषयमा अहिले दुई निर्देशकबीच छलफल भइरहेको छ । प्रदीपले भने, 'हेमराज दाई र रामबाबु दाईको फिल्ममध्ये जुन पनि पहिला गर्न सक्छु । यस विषयमा अहिले उहाँहरुबीच कुरा भइरहेको छ ।'
 
यी दुई निर्देशकसँग फिल्म गरेपछि उनी अर्को वर्षको माघबाट 'प्रेमगीत ३' मा व्यस्त हुने तयारीमा छन् । अब्बल अभिनय र लोभलाग्दो फ्यान फलोइंगका कारण अहिले उनको नाम नेपाली फिल्मका डिमान्डेड अभिनेताको सूचीमा अग्रणी स्थानमा आउँछ । अनमोल केसीपछि चर्को पारिश्रमिक बुझ्ने अभिनेता समेत हुन्, उनी । 
Most Visited News (monthly)