Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘म त पिरिममा’ गीतमा नाचेर ५० हजार जित्ने मौका

फिल्मीखबर, काठमाण्डौ, 2018/12/06
 
माघ ४ गते प्रदर्शनमा आउने फिल्म ‘गरुड पुराण’ मा समावेश ‘म त पिरिममा...’ गीतको कभर भिडियो प्रतियोगिता घोषणा गरिएको छ । मदानी क्रियसनको सहकार्यमा घोषणा गरिएको प्रतियोगितामा उत्कृष्ट घोषित हुनेले नगद ५० हजार जित्नेछन् । 
 
निर्देशक सुबास कोइरालाले एउटा म्यूजिक भिडियो र नृत्य समुहका सदस्यहरुको फोटो सेसनको अवसरलगायतका पुरस्कार प्रदान गरिने बताए । प्रतियोगितामा भाग लिन एकल, युगल वा सामुहिक रुपमा कभर भिडियो बनाएर [email protected] मा पठाउनु पर्नेछ ।
 
कभर भिडियो प्रतियोगिता घोषणा गरिएको गीतमा कोशिश क्षेत्रीको संगीत छ । यसलाई दिनेश राउतले लेखेका हुन् । गीतमा कोशिश र मनिषा पोखरेलको आवाज रहेको छ । कोरियोग्राफी रेनाशा वान्तवा राईले गरेकी छन् । गीतमा निश्चल बस्नेत, कर्मा, प्रियंका सिंह ठकुरी र अन्जली योन्जन फिचर्ड छन् । 
 
पारिवारिक प्रेमकथामा आधारित ‘गरुड पुराण’ हास्य प्रधान जनरामा तयार भएको निर्देशकले बताएका छन् । नाजिर हुसेन, कर्मा, प्रविण खतिवडा, कामेश्वर चौरसिया, लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटालगायतका कलाकारहरुको फिल्ममा अभिनय छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)