Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रसाद’ प्रिमियरमा बोल्ड नम्रता (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2018/12/06
 
हरेक दिन काठमाडौंको तापक्रम घट्दो छ । अचेल बिहान र साँझ जाडो निकै बढेको छ । हरेक व्यक्ति अहिले बाक्लो कपडामा देखिन्छन् । तर, बुधबार साँझ काठमाडौंको चिसिँदो जाडोलाई अभिनेत्री नम्रता श्रेष्ठले चुनौती दिइन् । उनको हट पहिरनले राजधानी अझै उकुस-मुकुस गर्मीसँग जुहारी खेलिरहेको भान हुन्थ्यो । 
 
 
फिल्म ‘प्रसाद’ को प्रिमियरमा उनी घाँटीको अगाडिको भाग धेरै खुलेको ब्राउन रंगको गाउनमा निकै बोल्ड देखिएकी थिइन् । ओठको गुलावी रंगको लिपिस्टिकले उनको सुन्दरता अझ खुलाएको थियो । पहिरन सम्हाल्न भने उनलाई निकै सकस भइरहेको थियो । प्रिमियरमा उनी प्रेमी दावा शेर्पासँग पुगेकी थिइन् ।  
 
 
फिल्म 'जाइरा' मा मार्सल आट्स खेलाडी बन्न टाउको मुडुलो बनाएकी उनको कपालले अब कान छुन थालेको छ । यो फिल्मका लागि कपाल छोट्याएका कारण उनले फिल्म ‘प्रसाद’ मा नक्कली कपाल लगाएकी थिइन् । उनको सुन्दरता खुलाउन छोटो कपाल बाधक भने बनेको थिएन । 
 
 
जुनसुकै भूमिकामा आफूलाई ढाल्न माहिर नम्रताले 'प्रसाद' मा एक निःसन्तान पत्नीको भूमिका निभाएकी छिन् । उनको अपोजिटमा अभिनेता द्वय विपिन कार्की र निश्चल बस्नेत छन् । बुधबार भएको रेड कार्पेट प्रिमियरमा फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको छ । 
 
 
फिल्म हेरेका अधिकांश चलचित्रकर्मीले कलाकारको अभिनय, कथावस्तु र प्रस्तुतीको मुक्तकण्ठले प्रशंसा गरेका छन् । फिल्मकी मेरुदण्ड नम्रताको नक्कली कपाल विर्सने हो भने उनको अभिनयमा खोट लगाउने ठाउँ छैन । शुक्रवारबाट प्रदर्शनमा आउने फिल्मका निर्देशक दिनेश राउत हुन् । 
Most Visited News (monthly)