Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नेपाली फिल्म ‘पासवर्ड’ मा सन्नीको ३ करोडको ठुम्का

फिल्मीखबर, काठमाण्डौ, 2018/12/06
 
बलिउडकी हट अभिनेत्रीको रुपमा परिचित सन्नी लियोनले नेपाली फिल्मको गीतमा नृत्य गरेकी छन् । सम्पुर्ण छायांकन लण्डनमा गरिएको फिल्म 'पासवर्ड' को आइटम गीतमा उनले कम्मर मर्काएकी छन् ।  उनी फिचर्ड गीतमा मात्र निर्माण टिमले पाँच करोड नेपाली खर्च गरेको छ । 
 
 
छायांकन गरिएको फिल्मको 'सन्नि हो नाम मेरो...' बोलको गीतमा सलमान खान, शाहरुख खानलाई नचाइसकेका विष्णुदेभाले कोरियोग्राफी गरेका छन् । अर्जुन पोखरेलले संगीत भरेको उक्त गीतको भिडियोमा नृत्य गर्न सन्नी ७ जनाको टिम लिएर लण्डन पुगेकी थिइन् । 
 
 
नेपाली फिल्ममा हालसम्मकै सर्वाधिक बजेटमा निर्माण गरिएको उक्त गीतमा उनलाई दुई सयभन्दा बढी डान्सरले साथ दिएका थिए ।  भिडियो छायांकनका केही स्थिर दृश्यहरु निर्माण टिमले सार्वजनिक गरेको छ । दुई करोड भारतीय रुपैयाँ (नेपाली ३ करोड १७ लाखमाथि) मा सन्नीले नेपाली फिल्ममा नृत्य गर्न तयार भएकी हुन् । 
 
 
फिल्मका निर्देशक सम्राट बस्नेतले 'पासवर्ड' को कथा र स्कृनप्लेको माग अनुरुप सन्नीलाई नृत्य गर्न भारतबाट लण्डन झिकाएको बताए । २ दर्जन ढबी फिल्ममा द्वन्द्व निर्देशन गरेका सम्राटको यो डेब्यु फिल्म हो । एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन । 
 
 
यो फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायांकन छ भने बिक्रम जोशी (विक्की), अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा छन् ।
Most Visited News (monthly)