Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जिरो’ गीतमा शाहरुखसँग झुमे सलमान (भिडियो)

एजेन्सी, मुम्बई, 2018/12/04
 
शाहरुख खान, अनुष्का शर्मा र कटरीना कैफ स्टारर फिल्म ‘जिरो’ को नयाँ गीत रिलिज भएको छ । ‘इश्कवाजी’ गीतमा सलमान खान र शाहरुख खानको जोडी देख्न सकिन्छ । गीतको सुरुवात बोल्ड अन्दाजबाट हुन्छ । गीतमा कटरीना, शाहरुखलाई किस गर्दै देखिएकी छन् । 
 
यो खुसीमा शाहरुख जो फिल्ममा बउआ स‍िंहको रोल गरिरहेका छन्, ऊ झुम्दै देखिएका छन् ।  उनको खुसीमा साथ दिन्छन् सलमान खान, जो फिल्ममा केमियो रोलमा छन् । शाहरुख र सलमानको यस्तो केमेस्ट्री दर्शकले पहिला कहिल्यै देखेका थिएनन् । फ्यानका लागि यो सरप्राइज ट्रिटभन्दा कम छैन । 
 
दुईको ‘इश्कवाजी’ ले अहिले सोसल मिडियामा हंगामा मच्चाएको छ । यो गीत इरशाद कामिलले लेखेका हुन् भने अजय-अतुलले संगीत भरेका छन् । गीतमा आवाज सुखव‍िन्दर स‍िंह र द‍िव्य कुमारले दिएका छन् । यो फिल्म २१ डिसेम्बरमा रिलिज हुँदैछ । फिल्मको बजेट १ सय ६० करोड बताइएको छ । 
 
फिल्ममा शाहरुखले मेरठका बउआ सिंहको भूमिका निभाएका छन्, जो पुट्के छन् । करीब ६ वर्षपछि शाहरुख, अनुष्का र कटरीनाको जोडी एउटै फिल्ममा देखिँदैछ । यसअघि यी तीनले फिल्म 'जब तक हे जान' मा काम गरेका थिए । ‘जिरो’ लाई आनन्द एल रायले निर्देशन गरेका हुन् ।
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)