Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.50/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर ३’ : अनमोल रोमान्टिक, सुहाना बोल्ड (सात फोटो)

फिल्मीखबर, काठमाण्डौ, 2018/12/04
 
अभिनेता अनमोल केसी र निर्देशक तथा अभिनेत्री झरना थापाकी छोरी सुहाना थापाले फिल्म ‘ए मेरो हजुर ३’ मा पहिलो पटक स्क्रिन साझेदारी गरेका छन् । चैत २९ मा प्रदर्शनमा आउने तय भएको फिल्मको अहिले धमाधम छायांकन भइरहेको छ । केही दिन अगाडि 'कामना अवार्ड' मा अनमोलले अवार्ड चुमेको दृश्य खिचिएको थियो । 
 
 
 
हालै मनाङमा फिल्मको दुई गीत खिचेर निर्माण टिम काठमाडौं 'ब्याक' भएको हो । प्रतिक अधिकारी र आशिष अविरलको स्वर तथा राहुल शाहको कोरियोग्राफी रहेको गीतमा अनमोल र सुहाना फिचर्ड छन् । गीत छायांकनका केही अचल तश्बिरहरु निर्माण टिमले रिभिल गरेको छ । तश्बिरमा दुईको केमेस्ट्री कमालको देखिएको छ । 
 
 
 
रोमान्टिक अनमोलसँग सुहाना निकै बोल्ड देखिएकी छन् । सार्वजनिक सात तश्बिरले दर्शकमा फिल्मप्रति अझ उत्सुकता बढाउने देखिएको छ । मनाङमा सुहानाको एक सोलो गीत पनि खिचिएको छ । फिल्ममा अनमोल एक सेलिब्रेटी र सुहाना एक फ्यानको भूमिकामा छन् । यसलाई म्यूजिकल लभस्टोरी बताइएको छ । उक्त फिल्मलाई निर्देशक झरना थापाले निर्देशन गरेकी छन् । 
 
 
 
सुनिल कुमार थापाले यसलाई निर्माण गरेका छन् । फिल्ममा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व र सञ्जय लामाको छायांकन छ । 
Most Visited News (monthly)