Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लय र रेखालाई हरितारा चलचित्र पुरस्कार प्रदान

फिल्मीखबर, काठमाण्डौ, 2018/12/04
 
दशकौंदेखि नेपाली चलचित्र क्षेत्रमा अनवरत रुपमा क्रियाशिल चलचित्रकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । तीन दशकदेखि नेपाली चलचित्रमा सक्रिय लय संग्रौला र दुई दशकदेखि नेपाली चलचित्रमा अभिनय तथा निर्माण र निर्देशनमा क्रियाशिल रेखा थापा हरितारा चलचित्र पुरस्कारबाट पुरस्कृत भएका छन् । 
 
दुवैले सम्मान पत्रसहित जनही २५ हजार नगद राशी प्राप्त गरे । यस्तै परिवर्तन नेपालले स्थापना गरेको दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कार उत्तम केसी, विजय रत्नतुलाधर र सावित्री कोइरालालाई सोमवार राजधानीमा एक कार्यक्रमका बीच अर्पण गरियो । उनीहरुलाई सम्मान पत्रसहित जनही १० हजार नगद राशी प्रदान गरिएको थियो । 
 
 
यस्तै अभिनेता तथा निर्देशक रामकाजी घिमिरे, नृत्य निर्देशक शिव वि.क र अभिनेत्री तथा लेखिका शोभिता सिंखडालाई 'परिवर्तन सम्मान-२०७५' बाट सम्मान गरिएको छ । पुरस्कार तथा सम्मान छनोट समितिमा लेखक/निर्देशक मोहन निरौला, डिजाइन सुन्दर श्रेष्ठ र चलचित्र पत्रकार/गीतकार शान्तिप्रिय थिए ।
Most Visited News (monthly)