Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हजार जुनी सम्म’ मा निरुता अनुबन्ध

फिल्मीखबर, काठमाडौं, 2018/12/04
 
करीब एक दशकपछि यस वर्ष प्रदर्शनमा आएको फिल्म 'नाइँँ नभन्नू ल ५' बाट अभिनयमा कमब्याक जनाएकी अभिनेत्री निरुता सिंहले एक नयाँ फिल्म साइन गरेकी छन् । भेट्रान निर्देशक विकासराज आचार्यले निर्देशन गर्ने फिल्म ‘हजार जुनी सम्म’ मा उनी फाइनल भएको निर्माण टिमले जानकारी दिएको छ । 
 
अभिनेत्री र निर्देशकको यो दोस्रो सहकार्य हुनेछ । निरुतालाई 'नाइँ नभन्नू ल ५' बाट विकासले नै कमब्याक गराएका थिए । हाल निरुता मह सञ्चारको फिल्म 'दाल भात तरकारी' गर्न मुम्बईबाट नेपाल आएकी छन् । अझै २ महिना उनी नेपालमा नै रहने बताइएको छ । फिल्ममा उनी हरिवंश आचार्यको श्रीमतीको भूमिकामा देखिँदैछिन् ।
 
‘हजार जुनी सम्म’ मा भने उनको भूमिका निर्माण टिमले खुलाएको छैन । आमाको भूमिकामा त होइन ? फिल्मीखबरको प्रश्नमा स्क्रिप्ट राईटर सामिप्यराज तिमिल्सना भन्छन्, 'भूमिका अहिले नै खुलाउन मिल्दैन । तर, उहाँलाई फरक भूमिकामा भने दर्शकले हेर्न पाउनेछन् ।' 
 
'नाइँ नभन्नू ल ५' मा उनले बाल कलाकार अनुभव रेग्मीको आमाको भूमिका निभाएकी थिइन् । तर, अत्यन्त छोटो रोल भएका कारण दर्शक रुष्ट भएका थिए । ‘हजार जुनी सम्म’ मा उनको लिड रोल रहने बताइएको छ । यस फिल्ममा स्वस्तिमा खड्का, आर्यन सिग्देल, प्रियंका कार्कीलगायतका कलाकारहरु फाइनल भइसकेका छन् । 
Most Visited News (monthly)