Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘समर लभ’ गीत : सायाको प्रेममा डुबे अतित (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/12/03
युवा लेखक सुविन भट्टराईद्वारा लिखित चर्चित नोवेल ‘समर लभ’ माथि आधारित भएर निर्माण भएको फिल्म ‘समर लभ’ को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । ‘साया...’ बोलको रोमान्टिक गीतमा पुष्पन प्रधान र बानिका प्रधानको स्वर छ । शब्द तथा संगीत पनि पुष्पनको नै छ । 
 
 
विदेशका विभिन्न मनोरम लोकेशनमा खिचिएको गीतको भिडियोमा लिड कलाकार आशिष पिया र रेवती क्षेत्री फिचर्ड छन् । फिल्ममा आशिष 'अतित' र रेवती 'साया' को भूमिकामा छन् । पुस्तक अतित र सायाको प्रेम र विछोडमा रुमलिएको थियो । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतले अतित र सायाको प्रेमभाव बोल्छ । 
 
घोषणाकै बेलादेखि निर्माण टिम पात्र छनौटमा चुकेको आरोपबाट मुक्त हुन सकेको छैन । केही दिन अगाडि फिल्मको टिजर पनि सार्वजनिक भएको थियो । 'नाइँ नभन्नू ल ३' फेम्ड निर्देशक मुस्कान ढकाल निर्देशित फिल्म भ्यालेनटाइन डेको छेको अर्थात माघ २५ बाट प्रदर्शनमा आउँदैछ । सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् । 
 
फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । स्वपन सरकार र मनोज बिक सह-निर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । 
 
फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन् । फिल्मको सम्पादनको जिम्मेवारी अर्जुन जिसीको काँधमा छ । ‘समर लभ’ पुस्तक सर्वाधिक रुचाइएका कारण यस फिल्ममाथि दर्शकको अपेक्षा बढी छ । प्रदर्शनपछि चाहिँ फिल्मले दर्शकको अपेक्षा मिट गर्ला वा नगर्ला ? प्रतिक्षा गर्नैपर्ने हुन्छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)