Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सलिनको दौडधुप ‘यात्रा’ कि अवार्डका लागि ?

फिल्मीखबर, काठमाण्डौ, 2018/12/03
गत वर्ष प्रदर्शनमा आएको फिल्म 'ए मेरो हजुर २' बाट नेपाली रजतपटमा अभिनेता सलिनमान बनियाँको उदय भयो । उनलाई अहिले नेपाली फिल्म क्षेत्रमा उदाउँदो नक्षेत्रको रुपमा हेरिएको छ । डेब्यु फिल्मबाट कामको वाहवाही नभए पनि फरक लुक्सले भने उनीतर्फ दर्शकसँगै चलचित्रकर्मीको पनि ध्यान खिच्यो । 
 
डेब्यु फिल्मबाट लोभलाग्दो फ्यान फलोइंग बनाएका उनी यस वर्ष नयाँ फिल्म ‘यात्रा’ मार्फत पर्दामा फर्किएका छन् । यसमा उनी एक भ्लगरको भूमिकामा छन् । चैत २९ गते अभिनेता अनमोल केसी स्टारर तथा उनको डेब्यु फिल्मको तेस्रो सिरिज 'ए मेरो हजुर ३' सँगै उक्त फिल्म जुध्दैछ । सलिनमान 'यात्रा' लाई लिएर निकै उत्साहित देखिएका छन् । 
 
कोरियन लुक्स, फरक हेयर स्टाइल र पहिरनका कारण मिडियाको लाइमलाइटमा पर्ने गरेका उनी खासै सार्वजनक कार्यक्रममा देखिँदैनन् । उनलाई भेट्न फिल्मको कार्यक्रमभन्दा अरु बेला असम्भव नै छ । फिल्म ‘यात्रा’ को घोषणाको लगभग ७ महिनापछि उनी शनिबार राजधानीमा भएको कामना अवार्डमा झुल्किए । 
 
 
उनी अवार्ड समारोहमा उपस्थित हुन्छन् भन्ने अवार्ड आयोजक टिमलाई नै विश्वास थिएन । तर, उनी आफ्नै स्टाइलमा मन्द मुस्कानमा ढल्किँदै देखिए । धेरैपछि सार्वजनिक कार्यक्रममा देखिएका उनलाई आफ्नो क्यामेरामा कैद गर्न फोटोग्राफरवीच तँछाड-मछाड नै भयो । उनले पनि आफ्नो विन्दास अन्दाजमा पोज दिए । 
 
उनले मिडियासँग पनि केही कुरा गर्न भ्याए । सलिनले 'ए मेरो हजुर २' मा पाएको माया 'यात्रा' मा फेरि पाउने विश्वास व्यक्त गरे । फिल्मको छायांकन लामो समय चले पनि राम्रो भएको उनी बताउँछन् । 'यात्रा', 'ए मेरो हजुर ३' सँग भिड्दैछ, के भन्नुहुन्छ ? पत्रकारको प्रश्नमा मुसुक्क हाँस्दै उनले छोटो बोले, 'राम्रै हो ।' 
 
पहिलो पटक अवार्ड कार्यक्रममा उनी उपस्थित हुनु अवार्डको लोभले थियो वा फिल्म 'यात्रा' को प्रचारका लागि ? यो त उनी नै जान्दछन् । जे भए पनि धेरैपछि दर्शक र मिडियाले उनीसँग साक्षात्कार गर्न पाए । सलिनमान 'कामना अवार्ड' मा 'ए मेरो हजुर २' बाट नव-नायकको विधामा मनोनित थिए । तर, अवार्ड 'ग्यांगस्टार ब्लूज' बाट आशिरमान देशराजले चुमे ।
Most Visited News (monthly)