
रणवीर सिंह केही दिनदेखि आफ्नो विवाह र पार्टीमा व्यस्त थिए । रणवीर र दीपिकाको विवाह इटलीको लेक कोमोमा १४/१५ नोभेम्बरमा थिएको थियो । त्यस बेलादेखि अहिलेसम्म दुबै निकै व्यस्त छन् । बिहेपछि रिसेप्सनमा व्यस्त भए । अब रिसेप्सन पनि सकिएको छ । रणवीर चाँडै काममा फर्किने तयारीमा छन् ।
यसबीच उनको नयाँ फिल्म ‘सिम्बा’ को ट्रेलर रिलिज भएको छ । ट्रेलरको सुरुवात अजय देवगनको 'सिंघम' को डाइलगबाट हुन्छ । यसपछि इन्ट्री हुन्छ रणवीरको । उनी एक पुलिस अफिसरको भूमिकामा छन् । सारा अली खान उनको अपोजिटमा छिन् । ट्रेलरमा एक्सन, कमेडी, रोमान्स सबै देखिएको छ । सोनी सूद नेगेटिभ रोलमा प्रस्तुत छन् ।
ट्रेलर हेरेपछि एउटा कुरा स्पष्ट हुन्छ कि यो फिल्मको कहानी अजय देवगनको फिल्म 'सिंघम' सँग जोडिएको छ । सारालाई ट्रेलरमा बढी 'स्क्रिन स्पेस' दिइएको छैन । ट्रेलरको अन्तिममा अजय देवगन सिंघम अवतारमा देखिएका छन् । रोहित शेट्टीको निर्देशनमा बनेको फिल्म ‘सिम्बा’ तेलुगूमा बनेको फिल्म 'टेम्पर' को आधिकारिक हिन्दी रिमेक हो ।
‘सिम्बा’, २८ डिसेम्बरमा रिलिज हुँदैछ । रणवीर र रोहितको यो पहिलो सहकार्य हो । रोहित शेट्टीको पछिल्लो फिल्म 'गोलमाल अगेन' थियो, जुन बक्सअफिसमा सुपरहिट साबित भएको थियो । यस्तै, रणवीर पछिल्लो पटक फिल्म 'पद्मावत' मा देखिएका थिए । ‘सिम्बा’ लाई करण जोहर र रोहितले निर्माण गरेका हुन् ।
ट्रेलर हेर्नुहोस् :-

