
अभिनेता द्वय प्रशान्त ताम्राकार र सुशील सिटौला स्टारर फिल्म ‘रणवीर’ को पावरप्याक एक्सनयूक्त टिजर सार्वजनिक भएको छ । दुई अभिनेता विचको टसन टिजरमा देखाइएको छ । दुवैलाई एंग्री अवतारमा देख्न सकिन्छ । अघिल्ला फिल्मको तुलनामा यसमा सुशीलको भूमिका फरक रहेको टिजरमा देखिन्छ ।
उनले यो फिल्मको लागि ७० केजीबाट आफ्नो तौल १५ किलो बढाएर ८५ केजी तुल्याएका थिए । माघ १८ मा रिलिज हुने फिल्ममा प्रशान्त नेगेटिभ रोलमा छन् । एक्सन जनराको फिल्मलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । यसमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ ।
फिल्ममा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । ‘रणवीर’ मा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । करीब दुई करोडको लगानीमा फिल्म निर्माण भएको बताइएको छ ।
अभिनेता सुशील फिल्ममा आफूलाई दर्शकले अघिल्ला फिल्मको सुशील नपाउने दाबी गर्छन् । उनले भने, 'फिल्मको लागि मैले कति मेहनत गरें शब्दमा व्यक्त गर्न सक्दिनँ । एक्सनको लागि मैले आफूलाई तयार गरेको छु । फिल्म राम्रो बनेको छ ।' यस्तै, अभिनेता प्रशान्त फिल्मले समाजकै कथा भन्ने बताउँछन् ।
टिजर हेर्नुहोस् :-

