Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिलनले जसिता विर्सिए, गोविन्दले मिलन

फिल्मीखबर, काठमाण्डौ, 2018/12/02
नेपाली फिल्म क्षेत्रमा चलचित्रकर्मीविच सम्बन्ध विग्रनु र सुध्रनु नौलो कुरा होइन । कहिले 'पानी बाराबार' हुन्छ त कहिले अंकमाल गर्दै 'दोस्तीयारी' देखाउँछन् । निर्देशक मिलन चाम्स र निर्माता तथा वितरक गोविन्द शाहीको सम्बन्ध पनि यस्तै यस्तै छ । भेट हुँदा हाई, हेल्लो नहुँदा एकअर्काको खोइरो । यी दुईको फिल्म 'लिलिबिली' मा सहकार्य भएको थियो । 
 
निर्देशन मिलनले गरेका थिए भने निर्माण गोविन्द शाही र सुदीप खड्काको थियो । तर, फिल्म रिलिज नहुँदासम्म ठिकठाक रहेको सम्बन्ध अहिले 'पानी बाराबार' छ । भेट हुँदा बाध्यताले हात मिलाउँछन् तर भित्री सम्बन्ध पूरै खोक्रो छ । पहिलो सहकार्यबाटै उनीहरु दुई ध्रुव भएका थिए । 'लिलिबिली' का अभिनेता र अभिनेत्री गोविन्दले च्यापे । 
 
 
लेखक प्रदीप भारद्वाज र अर्का निर्माताले भने मिलनलाई साथ दिए । यस वर्ष उक्त फिल्मले केही प्रमुख विधामा अवार्ड पाइरहेको छ । यसमा पनि दुई पक्षको दुश्मनी छर्लङ्ग देखिन्छ । उनीहरु आफ्नो सपोर्टका व्यक्तिको अवार्ड मात्र थाप्छन् नभए अर्को पक्षको 'नो मतलब' । सामाजिक सञ्जालमा पनि दुबै पक्षले आफ्नो पक्षकालाई मात्र बधाई दिने गरेका छन् । 
 
शनिबार राजधानीमा 'कामना अवार्ड' भयो । फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट डेब्यु नायिका (जसिता गुरुङ), उत्कृष्ट पाश्र्व ध्वनी (एलिश कार्की) र उत्कृष्ट साउण्ड डिजाइनको अवार्ड चुम्यो । कार्यक्रममा मिलन पक्षका लेखक भारद्वाज र निर्माता सुदीप पुगेका थिए । निर्देशक चाम्स भने 'वीरविक्रम २' को छायांकनमा बाहिर भएका कारण उपस्थित भएनन् । 
 
कार्यक्रममा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता पनि पुगेका थिए तर गोविन्द देखिएनन् । अवार्ड जितेको खुसी मिलन र गोविन्दले फेसबुकमा स्टाटस लेखेर व्यक्त गरेका छन् । तर, बधाई दुबैले आफ्नो गुनगान गाउनेलाई मात्र दिएका छन् । 
 
 
 
मिलनले फेसबुक स्टाटसमा उत्कृष्ट फिल्म र निर्देशकको अवार्ड मात्र पाएको लेखेका छन् । बरु, आफू निर्देशित फिल्म 'ब्लाइन्ड रक्स' बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी बेनिशा हमाललाई बधाई दिएका छन् । उता, गोविन्दले उत्कृष्ट फिल्म र नव-नायिकाको अवार्ड पाएकोमा खुसी व्यक्त गरेका छन् । 
 
मिलनले जसितासँगै अन्य दुई विधामा अवार्ड जितेका विजेताको नाम लिन किन आवश्यक ठानेनन् ? अनि, गोविन्दले आफ्नै फिल्मको निर्देशकले अवार्ड जित्दा बधाई दिएका छैनन् । आफ्नै फिल्मका सदस्यले अवार्ड जित्दा बधाई दिन पनि नमिल्ने आखिर यो कस्तो दुश्मनी ? 
Most Visited News (monthly)