Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालमा खिचियो ‘तेरे संग यारा’ गायिकाको गीत

फिल्मीखबर, काठमाण्डौ, 2018/12/01
 
नेपाली चलचित्रकर्मी मनमोहक लोकेशन कैद गर्न विदेश धाउँछन् । विदेशी फिल्ममेकर्स भने सुन्दर लोकेशन खोज्दै नेपाल आइपुग्छन् । यही भीड मध्येकी एक हुन् बलिउडकी चर्चित प्लेब्याक सिंगर आकांक्षा शर्मा । उनले एल्बमका लागि गाएको सिंगल ट्रयाकको छायांकन नेपालमा गरिएको छ । उनको गीतमा नेपालकै प्राविधिक र कलाकारले काम गरेका छन् ।
 
जी म्यूजिक कम्पनीको निर्माण रहेको गीतमा समिम खान र सृष्टि खड्काले अभिनय गरेका छन् । आफ्नो गीतको छायांकनका लागि केही दिनको नेपाल बसाईपछि गायिका शर्मा शुक्रवार स्वदेश फर्किएकी छन् । उनी नेपालको प्राकृतिक सौन्दर्यले मोहनी लगाएको बताउँछिन् ।
 
‘नेपाल मलार्इ एकदमै मनपर्‍यो ।' पत्रकारसँग भेटघाट गर्दै उनले भनिन्, ‘नेपालबाट मिठो याद बोकेर जादैछु ।’ उनले दर्जन बढी बलिउड फिल्मका गीतमा स्वर दिएकी छिन् । 'तेरे संग यारा', 'ढल जाऊं मैं', 'नैनो ने बाँधी', 'तेरे इश्क में जोगी होना' लगायतका गीत उनका चर्चित छन् । 
 
भिडियोमा फिचर्ड मोडल समीमले हिन्दी गीतमा आफूले अभिनय गर्दा पाउँदा खुसी महशुस भएको बताए । सृष्टिले पनि गीतको हिस्सा बन्न पाएको खुसी व्यक्त गरिन् । नेपालमा खिचिएको गीतमा अलगोल फिल्म मुम्बई र ओशो अम्रपाली इन्टरटेनमेन्टले पनि सहकार्य गरेको छ । चाँडै जी म्यूजिकबाट गीत सार्वजनिक हुने बताइएको छ । 
Most Visited News (monthly)