Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अस्कर विजेता हलिउड अभिनेता मोर्गन काठमाडौंमा

फिल्मीखबर, काठमाण्डौ, 2018/11/30
 
चर्चित हलिउड अभिनेता मोर्गन फ्रिम्यान गुपचुप काठमाडौं आएका छन् । 'द स्टोरी अफ गड' नामक टेलिभिजन श्रृङ्खलाको छायांकनका लागि उनी नेपाल आएका खबर छ । फ्रिम्यान नेपालमा रहेको जानकारी युनिभर्सिटी अफ नर्थ टेक्ससले आफ्नो आधिकारिक ट्वीटरमार्फत दिएको छ । 
 
उनी नेपाल रहँदा विभिन्न ठाउँको भ्रमण गर्नुका साथै फरक-फरक धर्महरुको बारेमा समेत जानकारी लिनेछन् । उनको श्रृङ्खलाको प्रमुख उद्देश्य विश्वभरका मानिसमा रहेको विश्वासले उनीहरुको जीवनलाई आएको परिवर्तन बुझ्नु रहेको बताइएको छ । 
 
८१ वर्षीय फ्रिम्यानले चर्चित हलिउड फिल्ममा समेत अभिनय गरेका छन् । अस्कर विजेता उनले ‘गोइङ इन स्टाइल’, ‘स्ट्रीट स्मार्ट’, ‘ग्लोरी’, ‘द रिडम्पशन’, ‘ब्रूस अलमाइटी’ लगायतका फिल्ममा अभिनय गरेका छन् । फिल्म 'इन्भिक्टस' मा उनले दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको भूमिका निर्वाह गरेका थिए । 
 
मोर्गनले छायांकन गर्ने टेलिभिजन श्रृङ्खला नेशनल जियोग्राफि च्यानल मार्फत प्रशारण गरिने छ । हलिउडमा सर्वाधिक कमाइ गर्ने कलाकार समेत रहेका उनलाई फिल्म ‘गोइङ इन स्टाइल’ की एक महिला प्रोडक्शन असिस्टेन्टले यौन शोषणको आरोप समेत लगाएकी थिइन् ।
Most Visited News (monthly)