Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘शत्रु गते’ निर्देशकलाई अनमोलको फिल्म अफर ?

फिल्मीखबर, काठमाण्डौ, 2018/11/30
अभिनेता अनमोल केसी अहिलेका 'हटकेक' हुन् । उनलाई फिल्ममा लिएपछि लगानी सुरक्षित गर्न अनेकौं लफडा झेल्नु नपर्ने विश्वास निर्माता/निर्देशकमा छ । यसकारण पनि उनलाई फिल्ममा लिन फिल्ममेकर्सबीच तँछाड-मछाड नै हुन्छ । एक फिल्मबापत ५० लाखम्म बुझ्ने उनी अहिले 'ए मेरो हजुर ३' को छायांकनमा व्यस्त छन् । 
 
यो फिल्मपछि उनी निर्देशक मिलन चाम्सको 'व्याचलर बन्टी' गर्दैछन् । भने, फागुन १७ गते उनी अभिनीत फिल्म 'क्याप्टेन' रिलिज हुँदैछ । फिल्म छनौटमा चुजी मानिने उनी एक बलिउड प्रोजेक्ट पनि गर्ने तयारीमा छन् । उनले भारतीय टिमले निर्माण गर्ने एक बलिउड फिल्म साइन गरिसकेका छन् । 
 
 
यसबीच 'क्याप्टेन' सँग भिड्न लागेको फिल्म 'जात्रै जात्रा' का निर्देशक प्रदीप भट्टराईलाई अनमोलको नयाँ फिल्म अफर गरिएको चर्चा सिनेवृतमा छ । अनमोलले पाइपलाइनमा रहेका फिल्म भ्याएपछि फेरि होम प्रोडक्शनको एक फिल्म गर्दैछन्, जसलाई निर्देशनको अफर निर्देशक भट्टराईलाई गरिएको स्रोत बताउँछ ।  
 
निर्देशक भट्टराई 'जात्रै जात्रा' को छायांकनमा व्यस्त भएका कारण कुरा अगाडि बढ्न सकेको छैन । निर्माता भुवन केसी भने उनलाई नै निर्देशनको जिम्मेवारी सुम्पने तयारीमा छन् । प्राप्त जानकारी अनुसार, अनमोल र निर्देशक भट्टराईबीच एक पटक कुराकानी भइसकेको छ । भट्टराई 'जात्रा' र 'शत्रु गते' जस्तो सुपरहिट फिल्मका निर्देशक हुन् । 
 
कमेडी फिल्म निर्देशनमा आफूलाई अब्बल साबित गरिसकेका उनलाई अनमोलका पिताले रोमान्टिक कमेडी जनराको फिल्म प्रस्ताव गरेका हुन् । तर, यस विषयमा न निर्माता केसी न त निर्देशक भट्टराईले नै मुख खोलेका छन् । स्रोतका अनुसार, निर्देशक भट्टराई 'जात्रै जात्रा' पछि अनमोलसँग टिमअप गर्ने मूडमा छन् । 
Most Visited News (monthly)