Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

३ करोड नजिक ‘चङ्गा चेट’, तर सन्तुष्ट छैनन् निर्माता !

फिल्मीखबर, काठमाण्डौ, 2018/11/29
गएको कात्तिक १६ गते प्रदर्शनमा आएको फिल्म ‘चङ्गा चेट’ शुक्रवारबाट पाँचौ हप्तामा प्रदर्शन हुँदैछ । ‘गोजीमा दाम छैन’ गीतले नै चर्चा दिलाएको यो फिल्मको इनिसियल बक्सअफिस कमजोर रहे पनि गतिलो माउथ पब्लिसिटीले कमाईमा सफलताको शिखर चुम्दै गएको छ । प्रदर्शन भइरहेका सिंगल र मल्टिप्लेस स्कृनमा फिल्मको व्यापार अझै सुखद छ । 
 
निर्माता माधव वाग्लेले फिल्मको कलेक्सन ३ करोडको हाराहारीमा रहेको फिल्मीखबरसँगको कुराकानीमा बताए । तर, उनी फिल्मको प्रदर्शनबाट खासै सन्तुष्ट देखिएका छैनन् । भन्छन्, 'यसअघि मैले निर्माण गरेका फिल्मको इनिसियल बक्सअफिस आक्रामक हुन्थ्यो । ‘चङ्गा चेट’ त्यसमा सफल भएन ।' 
 
 
निर्माता वाग्लेले घरेलु बजारबाटै लगानी सुरक्षित गर्ने आँकडा नजिक फिल्म रहेको बताए । उनी विदेशमा फिल्मको डिमान्ड हाई भएकोमा भने दंग छन् । उनका अनुसार, हङकङ, जापान, कोरियामा फिल्मको आधिकारिक राइट्स विक्री भइसकेको छ । अमेरिका र यूरोपमा पनि फिल्म विक्री भएको उनले बताए ।
 
दशैं रिलिज दुई फिल्म 'छक्का पञ्जा ३' र 'जय भोले' का कारण ‘चङ्गा चेट’ को इनिसियल बक्सअफिसमा ठूलो प्रभाव परेको थियो । साथमा अभिनेत्री रेखा थापाको 'मालिका' सँग भिडन्तको असर पनि फिल्मको व्यापारमा देखियो । केही दिन आमिर खानको 'ठग्स अफ हिन्दोस्तान' पनि बाधक बनेको थियो । 
 
'पशुपतिप्रसाद' फेम्ड निर्देशक दीपेन्द्र के. खनाल निर्देशित फिल्ममा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, रबिन्द्र झा, सुरक्षा पन्त, परमिता आरएल राणालगायतका कलाकारहरुको अभिनय छ । शर्मिला पाण्डे पनि फिल्मकी निर्मात्री हुन् । फिल्मले दाम हुनेको रवाफ र दाम नहुनेको संर्घषको कथा भन्छ । 
Most Visited News (monthly)