Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पाहुना’ को ‘सानो नौलो संसार’ गीत रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2018/11/29
 
बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना : द लिटिल भिजिटर्स’ को नयाँ गीत इन्टरनेट रिलिज भएको छ । ‘सानो नौलो संसार’ बोलको गीत नेपाली भाषामा तयार पारिएको छ भने, अंग्रेजी सबटाइटल राखिएको छ । 
 
पियूष नेपाल र अभिब्यन्जना रुवी थतालको स्वर रहेको गीतमा सागर देसाइले संगीत भरेका छन् । गायक नेपाल र प्रयास नेपालले गीत लेखेका हुन् । पाखी ए टायरवाला निर्देशित फिल्म ७ डिसेम्बर, २०१८ (मंसिर २१) मा रिलिज हुँदैछ । 
 
फिल्मलाई प्रियंका र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सले निर्माण गरेको हो । फिल्मले नेपालमा माओवादी आन्दोलनबाट बचेर सिक्किम पुगेका तीन बालबालिकाको कथा वाचन गरेको छ । बाल कलाकार इसिका गुरुङ र अनमोल लिम्बुको फिल्ममा लिड रोल छ । 
 
जर्मनीमा गएको महिना सम्पन्न 'श्लिंगेल इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिवल' मा ‘पाहुना’ ले अन्तर्राष्ट्रिय फिचर फिल्म श्रेणीमा बेस्ट फिल्म (जुरी च्वाइस) र स्पेशल मेन्सन बाई प्रोफेशनल जुरी अवार्ड जितेको थियो । मञ्जु केसी, शरण राई, विनोद प्रधानलगायतका नेपाली कलाकारहरुको पनि फिल्ममा अभिनय छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)