Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

प्रियंका र निकको बिहेमा ‘द रक’ पाहुना

एजेन्सी, मुम्बई, 2018/11/28
 
अभिनेत्री प्रियंका चोपडा र सिंगर निक जोनासको विवाहमा सहभागी हुन हलिउडका चर्चित अभिनेता ड्वायन जोनसन भारत आउने भएका छन् । प्रियंका, ड्वेयनसँग पहिलो हलिउड फिल्म ‘बेवाच’ मा देखिएकी थिइन् । यसका अलावा निक पनि गएको वर्ष फिल्म ‘जुमान्जी : वेलकम टू द जंगल’ मा ड्वेयनसँग देखिएका थिए । 
 
ड्वेयनलाई ‘द रक’ नामबाट चिन्ने गरिन्छ । प्रियंका र निकको बिहेमा सहभागी हुन विशेष पाहुनाको रुपमा उनी आउने पक्का भएको भारतीय मिडियाले बताएका छन् । उनी बुधबार साँझसम्म मुम्बई पुग्ने खबर छ । विवाहका लागि निकका भाई जो जोनास आफ्नी श्रीमती सोफी टर्नरसँग भारत पुगिसकेका छन् । 
 
बुधबार साँझसम्म निकका माता पिता पनि भारत पुग्ने बताइएको छ । दीपिका पादुकोण र रणवीर सिंहको जसरी नै प्रियंका र निकको विवाह पनि दुई रितिरिवाजबाट हुनेछ । पहिला एक डिसेम्बरमा निक जोनासको धर्म अनुसार क्रिश्चियन रितिरिवाजबाट हुनेछ । यसको अर्को दिन हिन्दु रितिरिवाज अनुसार दुईले सातफेरो लिनेछन् । 
 
बिहेपछि ४ डिसेम्बरमा दुईले दिल्लीमा एक ग्रान्ड रिसेप्सन दिँदैछन् । प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीमा हुने रिसेप्सन पार्टीमा सहभागी हुनसक्ने खबर छ । तर, यस विषयको पुष्ठि भने भएको छैन । प्रियंकाभन्दा निक १० वर्ष कान्छा छन् । निक आफ्नो विवाहका लागि निकै दिन अगाडि भारत पुगिसकेका छन् । 
Most Visited News (monthly)