Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मेला’ को गीत ‘परिचय’ करोड क्लवमा

फिल्मीखबर, काठमाण्डौ, 2018/11/28
अहिले फिल्म बनाएर मात्र प्रयाप्त छैन । दर्शकलाई हलसम्म तान्न गतिला गीतसंगीत पनि अत्यन्त आवश्यक हुन्छ । केही वर्षयता नेपाली फिल्ममा लोक फ्लेवरका गीतको राम्रै बोलबाला देखिएको छ । 'सुर्के थैली खै ?', 'गोजीमा दाम छैन', 'पहिलो नम्बरमा', 'रुपै मोहनी' गीतले नेपाली बजारमा धूम नै मच्चाएका छन् । 
 
 
गीतका कारण पनि फिल्मको इनिसियल बक्सअफिस आक्रामक हुने विश्वास फिल्ममकर्सलाई छ । यसकारण पनि गीतमा कुनै प्रकारको कन्जुसाई गर्दैनन् निर्माता । अहिले गीत हिट वा फ्लप छुट्याउन पनि सजिलो छ । युट्युबको भ्यूअर्सको आधारमा फिल्मको सफलता र असफलता सजिलै मापन हुन्छ । 
 
युट्युबमा गीतले करोड भ्यूज पाए निर्माता निर्देशक त्यसलाई एउटा ठूलो सफलता मान्ने गरेका छन् । चाहे फिल्म बक्सअफिमा असफल भएकै किन नहोस् । मल्टिस्टारर फिल्ममा समावेश लोक फ्लेवरका गीतले प्रायः १ देखि ३ महिनाभित्र करोड भ्यूज कमाउने गरेका उदाहरण छन् । 
 
फिल्म ‘मेला’ को लोक लयको गीत ‘परिचय पाउँ’ माथि भने एक वर्षमा करोड बढीको नजर परेको छ । भिडियोमा नायिका पवित्रा आचार्यसँग नायक गजित विष्टले ठुम्का लगाएका छन् भने सलोन बस्नेत र अशिष्मा नकर्मी पनि फिचरिङ छन् । गीतमा अञ्जु पन्त र रामचन्द्र काफ्लेको स्वर छ । 
 
अर्जुन पोखरेलको संगीत रहेको गीतमा दिग्गज धौरालीको शब्द सुन्न सकिन्छ । गीतको कोरियोग्राफर पवित्रा आफैं हुन् । उनी नेपाली फिल्मकी अभिनेत्री समेत हुन् । यही गीतमार्फत उनले पहिलो पटक कोरियोग्राफीमा हात हालेकी थिइन् । 
 
फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । नायक आमेश भण्डारीको पनि अभिनय रहेको ‘मेला’ लाई मनोज के मरोडियाले निर्माण गरेका थिए । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)