Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

अनमोल भन्छन्, ‘सारा इन्स्टा साथी मात्र, प्रेम छैन’

फिल्मीखबर, काठमाण्डौ, 2018/11/27
सेलिब्रेटीको सबैभन्दा बढी चर्चामा रहने विषय भनेकै लभ र ब्रेकअप हो । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी अहिले फिल्मभन्दा बढी प्रेमकै कारण चर्चामा छन् । अभिनेत्री परमिता आरएल राणा प्रेम र ब्रेकअपकै कारण मिडियामा छाइरहेकी छन् । अर्की अभिनेत्री साम्राज्ञी आरएल शाह पनि अफेयरकै कारण 'हटकेक' बनेकी छन् । 
 
अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङसँग र अभिनेता पल शाह, अभिनेत्री आँचल शर्मासँग प्रेममा रहेको खबर पनि मिडियाका लागि 'हटकेक' बनिरहेको छ । यसबीच फेरि एकपटक अभिनेता अनमोल केसी प्रेमको रंगले पोतिएका छन् । 'जेरी' रिलिजताका उनी अभिनेत्री आना शर्मासँग प्रेममा रहेको चर्चा थियो । तर, यो फिल्म रिलिजसँगै सेलायो । 
 
 
फिल्मीखबर डटकमले आइतबार अभिनेत्री सारा शिर्पालीसँग अनमोल प्रेममा रहेको कुरा कोट्याएपछि अहिले यो खबरले सिनेवृतमा तरंग ल्याएको छ । अभिनेत्री साराको सुन्दरता र मुस्कानको 'दिवाना' अनमोल उनको जन्मदिन मनाउन नगरकोट पुगेको खबर पनि बाहिर आएको छ । तर, अभिनेत्री सारा, अनमोल साथी मात्र रहेको बताउँछिन् । 
 
उनी भन्छिन्, 'उहाँले मलाई 'रुद्र' र 'पिंजडा ब्याक अगेन' को बेला शुभकामना दिनुभएको थियो । उहाँको ममीसँग काम गरेका कारणले पनि होला । तर, प्रेममा छैनौं ।' उनले अनमोलसँग दुई-चार पटक भेट भएको पनि बताएकी छिन् । अनमोल भने सारासँग एकपटक पनि भेट नभएको बताउँछन् । भन्छन्, 'हामी इन्टा साथी मात्र हौं । न भेट भएको छ न त प्रेम नै छ ।' 
 
अनमोलले आफ्नो आधिकारिक इन्स्टाग्राममा ५ सय बढीलाई फलो गर्छन्, जसमा सारा पनि पर्छिन् । फिल्म 'रुद्र' को बेलादेखि यी दुई एकअर्कासँग नजिक भएको खबर छ । हाल मनाङमा फिल्म 'ए मेरो हजुर ३' को सुटिङमा व्यस्त अनमोलले ‘पिजडा ब्याक अगेन’ मा आफ्नो आमासँग काम गरेका कारण सारासँग सामाजिक सञ्जालमा चिनजान भएको बताए । 
 
उनी सारासँग नाम जोडिएको सुनेर अचम्मित भएको बताउँछन् । उनले साराको जन्मदिन मनाउन नगरकोट गएको कुराको पनि खण्डन गरेका छन् । भन्छन्, 'यो सबै मिडियाको बनाबटी खबर हो ।' अनमोलले सारासँगको अफेयरको खबरलाई सत्यता नमान्न फ्यानलाई आग्रह गरेका छन् । 'प्रेममा भएको दिन म आफैं भन्नेछ ।' उनले आफू अहिले सिंगल रहेको बताए । 
Most Visited News (monthly)