Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रणवीर’ पोस्टरमा सुशीलको एङ्ग्री लुक्स

फिल्मीखबर, काठमाण्डौ, 2018/11/27
माघ १८ लाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘रणवीर’ को पोस्टर सार्वजनिक भएको छ । अभिनेता सुशील सिटौलको चरित्रलाई केन्द्रित गरेर सार्वजनिक गरिएको पोस्टरमा उनी एङ्ग्री लुक्समा प्रस्तुत छन् । उनले यो फिल्मको लागि ७० केजीबाट आफ्नो तौल १५ किलो बढाएर ८५ केजी तुल्याएका थिए । 
 
 
करिब नौ महिना नियमित जिम गरेर आफूले तौलसँगै शारीरिक सुगठन समेत यही फिल्मको लागि बनाएको सुशीलले बताए । यो फिल्मलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । फिल्ममा उनकै कथा, पटकथा तथा संवाद छ । करीब दुई करोडको लगानीमा फिल्म निर्माण भएको बताइएको छ । 
 
बिष्ट थापा र दिपेन्द्र रेग्मी निर्मित लभ तथा एक्सन ड्रामा फिल्ममा सुशीलसँगै प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । निर्माता द्वय थापा र रेग्मीले बिना सम्झौता फिल्म बनाएको बताएका छन् । 
 
‘रणवीर’ मा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको फिल्मले शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथा भन्छ । 
Most Visited News (monthly)