Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सनी भन्छन्, ‘३५ वर्षको फिल्म करिअरमा कहिल्यै स्क्रिप्ट पढिनँ’

एजेन्सी, मुम्बई, 2018/11/26
 
अभिनेता सनी देओल गएको ३५ वर्षदेखि बलिउडमा काम गरिरहेका छन् र यो दौरान उनको नाममा कयौं सुपरहिट फिल्म छन् । 'घातक', 'जीत', 'बोर्डर', 'गदर' जस्ता सुपरहिट फिल्म दिएका सनी अभिनीत नयाँ फिल्म 'भैयाजी सुपरहिट' अहिले प्रदर्शन भइरहेको छ । तर, यति लामो करिअरमा उनले निकै अनौठो खुलासा गरेका छन् । 
 
उनले ३५ वर्ष लामो फिल्म करिअरमा कहिल्यै स्क्रिप्ट नपढेको बताएका छन् । खासमा उनी कुनै स्क्रिप्ट आफैं पढ्नुभन्दा लेखक र निर्देशकबाट सुन्न रुचाउँछन् । उनले एक अन्तर्वार्तामा भने, 'म निकै प्राकृतिकपन भएको व्यक्ति हुँ । म एक आइडिया सुन्छु र त्यसैको बारेमा सोच्छु । यदि मलाई मन पर्‍यो भने तुरुन्त काम सुरु गर्छु ।' 
 
उनी आफू कहिल्यै गहिराइमा नभएर नसोच्ने बताउँछन् । थप्छन्, 'अहिलेको समयमा भने तपाईलाई यो गर्न निकै आवश्यक हुन्छ तर पहिलाको समयमा फिल्‍म मेकिङ निकै अलग थियो । मैले कहिल्यै स्क्रिप्ट नै पढिनँ ।' उनले सँधै निर्देशकबाट आइडिया सुन्ने गरेको बताए । 'आइडिया मन पर्‍यो भने गरिहाल्थें', उनले भने । 
 
पहिलो फिल्म 'बेताब' १९८३ सन् बाट बलिउडमा करिअर सुरुवात गरेका सनीले कयौं दमदार विषय भएको फिल्म गरिसकेका छन् । उनको सुपरहिट फिल्ममा 'दामिनी', 'डर', 'गदर : एक प्रेम कथा', 'घायल' सामेल छन् । हाल प्रदर्शनरत उनी अभिनीत फिल्म 'भैयाजी सुपरहिट' वाराणसीको पृष्ठभूमिमा आधारित छ । 
Most Visited News (monthly)