Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आफ्नै कथामा ‘भैरव’ को सिक्वेल बनाउँदै निखिल

फिल्मीखबर, काठमाण्डौ, 2018/11/26
 
एक्सन सुपरस्टार निखिल उप्रेती गत वर्ष प्रदर्शनमा आएको फिल्म 'पिंजडा ब्याक अगेन' पछि पर्दामा फर्किएका छैनन् । लगातार फिल्म बक्सअफिसमा असफल हुन थालेपछि उनी केही संयमित देखिएका छन् । आफ्नै निर्देशनमा फिल्म 'कमिटमेन्ट' बनाउने घोषणा गरे पनि त्यो आधाउधी छायांकन नसकिँदै पैसा अभावमा अड्किएको छ । 
 
अब निखिल आफ्नो धमाकेदार कमब्याक फिल्म 'भैरव' को सिक्वेल बनाउने तयारीमा जुटेका छन् । उनले उक्त फिल्मको सिक्वेल निर्माण गर्ने रिलिजको समयमा नै घोषणा गरेका थिए । तर, कथावस्तु सोचेअनुसार नभेटेको भन्दै उनले सिक्वेलका लागि हतार नगरेको बताएका थिए । अहिले उनी स्वयं कथा तयार पार्दैछन् । 
 
अभिनेत्री संचिता लुईंटेलसँग दोस्रो विवाह गरेपछि उनी लगभग ५ वर्ष नेपाली फिल्मबाट टाढा रहेका थिए । र, उनले 'भैरव' मार्फत निर्देशनमा डेब्यु र अभिनयमा कमब्याक गरेका थिए । यो फिल्मको सिक्वेलमा भने उनी आफैं अभिनय गर्ने मूडमा छैनन् । नयाँ अभिनेता लञ्च गर्ने उनको सोच रहेको स्रोत बताउँछ । 
 
फिल्मको निर्देशन भने उनी स्वयंले गर्न सक्ने जानकारी प्राप्त छ । फागुनबाट सुटिङ सुरु हुने फिल्मले राजधानीभित्रको क्राइम बोल्ने बताइएको छ । निखिल अहिले स्क्रिप्टलाई अन्तिम रुप दिन व्यस्त छन् । एक्सन फिल्ममा निकै रुचाएका उनको यस वर्षको पुष २७ गते नयाँ फिल्म 'भिलेन' रिलिज हुँदैछ । 
Most Visited News (monthly)