Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक करोडमा ‘आरुसी’ बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2018/11/26
नेपाली फिल्ममा अब एक करोड लगानी सामान्य हुन थालेको छ । कलाकार तथा निर्देशक उदय सुब्बा पनि सरदर एक करोडको लागतमा फिल्म ‘आरुसी’ निर्माण गर्दैछन् । गणपति फिल्मस्का लागि उदय आफैंले फिल्म निर्देशन गर्नेछन् । फिल्मको छायांकन यही मंसिर १५ गतेबाट सुरु हुँदैछ । 
 
त्रिकोणात्मक प्रेमकथामा आधारित भनिएको यस फिल्ममा इशक राईले हिरोको रुपमा डेव्यु गर्दैछन् । साहारा प्रधान, बिरु गुरुङ र केशव कुमार श्रेष्ठको संयुक्त लगानीमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्मको सम्पूर्ण छायांकन ४० दिनमा सक्ने तयारी रहेको निर्देशक सुब्बाले बताए । 
 
 
यो फिल्मको झापा, इलाम, तिर्थुङ, ताप्लेजुङ र सङ्खुवासभा लगायतका स्थानमा छायांकन गरिनेछ । फिल्ममा इशक राई, रमा लिम्बु, सुनिल थापा, सुरविर पण्डित, दमन रुपाखेतीलगायतका कलाकारको अभिनय रहनेछ । मौनता श्रेष्ठको पटकथा तथा संवाद रहने यस फिल्मलाई विक्रम डिसीले खिच्नेछन् ।
 
यसमा बिरु गुरुङको कथा, तारा थापा किम्भेको सम्पादन, राजु किरातीको द्वन्द्व तथा विकास चौधरी र तारा प्रकाश लिम्बुको संगीत रहनेछ । कमल राई र दिनेश पाख्रिनको नृत्य निर्देशन रहने फिल्मको गीतमा राजेश पायल राई, दिपक लिम्बु, सुशन लिम्बु र सुम्निमा इङ्नामको स्वर सुन्न सकिन्छ । 
Most Visited News (monthly)