.jpeg)
रजनीकान्त स्टारर फिल्म ‘२.०’ नोभेम्बर २९ बाट प्रदर्शनमा आउने तयारीमा छ । यो फिल्म, रजनीको सुपरहिट फिल्म 'रोबोट' को सिक्वेल हो । उक्त फिल्ममा अभिनेत्री ऐश्वर्या रायको पनि लिड रोल थियो । दुईको जोडीलाई दर्शकले निकै रुचाएका थिए । तर, यसको सिक्वेलमा भने ऐश्वर्या अटेकी छैनन् ।
हालै निर्देशक एस शंकरले फिल्ममा अभिनेत्री ऐश्वर्या नहुनुको विषयमा आफ्नो भनाई राखेका छन् । उनी भन्छन्, ‘‘२.०’ को कहानी निकै फरक छ । साथै यसमा क्यारेक्टर पनि पुरानो फिल्मभन्दा भिन्न छ । तर, फिल्ममा 'रोबोट' मा निभाएको ऐश्वर्याको भूमिका भने मेन्सन गरिएको छ ।’’
यो फिल्म निकै ठूलो बजेटमा निर्माण भएको हो । यसको बजेट ५५० करोडभन्दा बढी रहेको बताइएको छ । फिल्म लामो समयदेखि चर्चामा छ । दर्शकले पहिलो पटक साउथ सुपरस्टार रजनीकान्त र बलिउडका मिस्टर खिलाडी अक्षय कुमारको जोडी साथ देख्न पाउँदैछन् ।
फिल्मलाई लिएर दुबै अभिनेता निकै उत्साहित छन् । मिडियासँग कुराकानीको क्रममा विश्वास व्यक्त गर्दै रजनीकान्त भन्छन्, 'फिल्म एक ठूलो हिट साबित हुनेछ ।' फिल्ममा अक्षय नेगेटिभ रोलमा छन् । एमी ज्याक्सन लिड अभिनेत्रीको रुपमा छिन् ।

