Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलोन र नरेनसँग माया बस्यो कश्मिराको (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/11/25
पुष १३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘घनचक्कर’ को दोस्रो गीत इन्टरनेट रिलिज भएको छ । यसअघि रिलिज भएको ‘हिरो...’ बोलको गीतले सकारात्मक प्रतिक्रिया पाउँदै गर्दा निर्माण टिमले दोस्रो गीत ‘दाईको सालो...’ सार्वजनिक गरेको हो । 
 
 
गीतमा नव-अभिनेत्री कश्मिरा लामासँग दुई अभिनेता सलोन बस्नेत र नरेन खड्काले कम्मर मर्काएका छन् । विपिन आचार्यको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा राजेश पायल राई र मान्डवी त्रिपाठीको स्वर छ । फिल्ममा अभिनेता सौगात मल्लको पनि लिड रोल छ । 
 
निर्देशक जितेन्द्र राजोपाध्याय निर्देशित ‘घनचक्कर’ लाई सुशन प्रजापतिले खिचेका हुन् । फिल्ममा सरोज खनाल, जेबी डिसी, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी, दामोदर पौडेल, जनक घर्तिमगरलगायतका कलाकारहरुको पनि अभिनय छ । 
 
अष्ट महर्जनको द्वन्द्व, प्रदीप श्रेष्ठ र सिमोन राजबंशीको कोरियोग्राफी, मित्र गुरुङको सम्पादन रहेको फिल्मको कथा अर्जुन सिंहले तयार पारेका हुन् । कागी लिम्बुको स्क्रिनप्ले र डाइलग रहेको फिल्मले राजधानीमा आएर स्ट्रगल गर्ने पात्रको कथा भन्छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)