Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकामा युनाले दिइन् छोरीलाई जन्म

फिल्मीखबर, काठमाण्डौ, 2018/11/25
'पर्खि बसे', 'सम्झि दिए पुग्छ', 'चन्द्रावती', 'दिलमा सजाएँ तिमीलाई', 'फ्ल्यास ब्याक' लगायतका दर्जन बढी फिल्ममा अभिनय गरेकी अभिनेत्री युना उप्रेती आमा बनेकी छन् । उनले गएको २१ नोभेम्बर अर्थात् मंसिर ५ गते छोरीलाई अमेरिकामा जन्म दिएकी हुन् । 
 
 
आइतबार फेसबुकमा तश्बिरहरु साझेदार गर्दै उनले आफ्नो र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी छिन् । उनले छोरीको नाम 'सायरा' राखेकी छन् । फेसबुकमार्फत उनले परिवारमा नयाँ सदस्यको आगमनले निकै भाग्मानी महसुस गरिरहेको बताएकी छन् । 
 
पाँच वर्ष अघि एक सांस्कृतिक कार्यक्रमका लागि भन्दै अमेरिका उडेकी युना, अमेरिका उड्नु पूर्व नै नेपाल नफर्कने चाँजोपाँजो मिलाएर गएकी थिइन् । त्यसबेला उनको अमेरिकामा बायोकेमेस्ट्री विषयमा पिएचडी गरिरहेका विकास अधिकारीसँग प्रेम थियो । 
 
 
युनाले अमेरिका पुगेको ४/५ महिनामा नै विकाससँग कोर्टम्यारिज गरेकी थिइन् । खास नाम यमुना उप्रेती भए पनि उनी फिल्म क्षेत्रमा युना नामले चर्चित छिन् । अमेरिका जानुअगाडि उनले ‘प्रितीको फूल’ फिल्ममा काम गरेकी थिइन् ।
Most Visited News (monthly)