Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘वीरविक्रम २’ : पल र नाजिरको अँगालोमा बर्षा

फिल्मीखबर, काठमाण्डौ, 2018/11/24
 
निर्देशक मिलन चाम्सको निर्माण र निर्देशन रहने फिल्म ‘वीरविक्रम २’ को अहिले जोडतोडका साथ छायांकन भइरहेको छ । अभिनेता आकाश श्रेष्ठले हात झिकेपछि उनको ठाउँमा अभिनेता पल शाहलाई अनुबन्ध गरे लगत्तै मनाङ र मुस्ताङबाट फिल्मको छायांकन सुरु गरिएको थियो । अहिले फिल्मको एक गीतको छायांकन भइरहेको छ । 
 
 
सुटिङ सेटबाट निर्माण टिमले केही अचल तश्बिरहरु सार्वजनिक गरेको छ । प्राप्त तश्बिरमा अभिनेत्री बर्षा सिवाकोटलाई अभिनेता द्वय पल र नाजिर हुसेनको अँगालोमा देख्न सकिन्छ । उक्त गीत खिच्न करीब २३ लाख खर्च हुने निर्देशक चाम्सले बताएका छन् । हाल छायांकन भइरहेको गीतमा रञ्जीत गजमेरको संगीत, कुसुम गजमेरको शब्द छ । 
 
 
यसमा तारा प्रकाश लिम्बु र मेलिना राईको स्वर सुन्न सकिन्छ । फिल्ममा अपर्ण सापकोटा सह-निर्माताको रुपमा रहेका छन् । नयाँ कथामा निर्माण भइरहेकाले 'वीरविक्रम २' सिक्वेल नभएको निर्माण टिमको भनाई छ । फिल्ममा विनिसा भण्डारी, बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाललगायतको पनि अभिनय रहनेछ । 
 
 
प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको 'वीरविक्रम २' मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन रहेको छ । फिल्ममा हिमाली क्षेत्रमा पाइने याकको पनि प्रमुख भूमिका रहने बताइएको छ । 
Most Visited News (monthly)