Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेरि दीवाकरको फिल्ममा दीपिका ?

फिल्मीखबर, काठमाण्डौ, 2018/11/24
'ऐश्वर्य' फेम्ड निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईँले इन्गेजमेन्ट र पेपर म्यारिज गरिसकेका छन् । यसकारण दुई श्रीमान-श्रीमती भइसके भन्दा गलत नहोला । यस वर्ष दुबै कल्चरल बिहे गर्ने तयारीमा छन् । फिल्मी जोडी केही दिन अगाडि मात्र थाइल्याण्डमा हनिमुन मनाएर फर्किएका छन् । 
 
'छक्का पञ्जा ३' को सफलताबाट 'हटकेक' बनेकी दीपिका हनिमुन मनाउन थाइल्याण्ड उड्दा निर्देशक नवल नेपालको एक प्रोजेक्ट हातबाट गुमाइन् । उनको ठाउँमा टिमले अभिनेत्री साम्राज्ञी आरएल शाहलाई अनुबन्ध गरेको छ । रिलेसनसिपमा रहेको खबर बाहिरिएपछि दीपिकासँग काम गर्न टिमले असुरक्षित महशुस गरेको बुझिएको छ । 
 
 
यो कुरा उनी पनि स्वीकार गर्छिन् । शुक्रबार साप्ताहिकसँग कुराकानी गर्दै उनले मेकर्सलाई असुरक्षा महशुस हुनु सामान्य रहेको बताएकी छन् । उनले 'छक्का पञ्जा ३' पछि आफूले कुनै फिल्म साइन नगरेको पनि बताइन् । पत्रिकासँगको कुराकानीमा दीपिकाले भनेकी छन्, 'एक फिल्ममा कुरा भइरहेको छ । तर, फाइनल भएको छैन ।' 
 
निर्देशक दीवाकरले भने आफूले निर्देशन गर्ने पक्का भएको एक प्रोजेक्टमा उनलाई खेलाउने सोच बनाएको बताएका छन् । उनी भन्छन्, 'उनको दुइटा फिल्म राम्रै भयो । अब तेस्रो फिल्म उनले जस्तो पायो त्यस्तै गर्दिनन् । मेरो एउटा साइन प्रोजेक्ट छ । सायद म त्यसमै गराउँछु उनलाई ।' 
 
नेपालमा विवाह गरेपछि अभिनेत्रीको करिअर सकिन्छ भन्ने मानसिकता छ । अभिनेत्री स्वस्तिमा खड्काजस्ता केही अभिनेत्री अपवाद होलान् तर प्रायः अभिनेत्रीहरु विवाहपछि काँचको पर्दामा टिक्न सकेका छैनन् । अभिनेत्री दीपिका प्रसाईँको फिल्मी भविष्य कस्तो रहने हो ? त्यो समयचक्रसँगै थाहा हुनेछ  । 
 
'छक्का पञ्जा ३' पछि रिलेसनसिपको खबर बाहिर आएपछि उनले एक प्रोजेक्ट गुमाइन् । अहिले कुनै फिल्म साइन गरेकी छैनन् । दीवाकर आफ्नो नयाँ फिल्ममा उनलाई लिने सोचमा छन् । प्रश्न अब यो उठ्छ कि दीपिकाले बाहिरी फिल्म गर्ने कि श्रीमानको फिल्म मात्र ? यसअघि 'ऐश्वर्य' मा दुईको सहकार्य भएको थियो । 
Most Visited News (monthly)