Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दोस्रो हप्ता ‘ठग्स’ को कमाईमा ९३ प्रतिशत गिरावट

एजेन्सी, मुम्बई, 2018/11/24
ठूलो बजेटमा निर्माण भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को घरेलु बजारमा नाजुक अवस्था छ । फिल्म फ्लप भइसकेको छ । फिल्मको दोस्रो साताको कमाई निकै कमजोर छ । आमिर र अमिताभ बच्चन भएका कारण दर्शकमा निकै भरोसा थियो, तर फिल्मले दर्शकको विश्वास तथा भरोसामाथि कुठाराघात गरेको छ । 
 
 
ट्रेड एनालिस्ट, तरण आदर्शले ट्वीटमार्फत फिल्मको दोस्रो हप्ताको कमाईको आँकडा सार्वजनिक गरेका छन् । फिल्मले आफ्नो सेकेन्ड विकमा भारी गिरावट सहनु परेको छ । पहिलो हप्ता १ सय ३४ करोड ग्रस विजनेश गरेको फिल्मले दोस्रो हप्ता ८ करोड ७९ लाख मात्र कमाई गर्न सफल भयो । फिल्मको दुई हप्ते कमाई कुल १ सय ४३ करोड भएको छ । 
 
पहिलो हप्ताको तुलनामा फिल्मको दोस्रो हप्ताको कमाईमा ९३.४९ प्रतिशत गिरावट आएको छ । नेगेटिभ पब्लिसिटीका कारण फिल्मको यो अवस्था भएको मानिएको छ । फिल्मले प्रदर्शनको पहिलो दिन नै ५० करोड कमाएको थियो । यसपछि फिल्म तीन दिनमा नै सय करोड क्लबमा इन्ट्री भएको थियो । 
 
फिल्मको लाइफटाइम कलेक्सन १ सय ५० करोड पुग्न पनि मुश्किल देखिएको छ । भव्य सेट, चलेका कलाकार भए पनि फिल्म खोक्रो रहेको दर्शक र समीक्षकको भनाई छ । २ सय करोडमा निर्माण भएको ‘ठग्स अफ हिन्दोस्तान’ लाई विजय कृष्ण आचार्यले निर्देशन गरेका हुन् । यो फिल्म फिलिप टेलर्सको उपन्यास ‘कन्फेशन अफ ठग्स’ मा आधारित छ ।
Most Visited News (monthly)