Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सारा, सलोन र विनोदको ‘सुश्री सम्पत्ति’ ट्रेलर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2018/11/23
 
सुव्रत आचार्य निर्देशित फिल्म ‘सुश्री सम्पत्ति’ को ट्रेलर सार्वजनिक भएको छ । मंसिर २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको ट्रेलरमा दुई युवाको धनाड्य सुश्रीलाई प्रेममा फसाएर सम्पति कमाउन गर्ने संघर्ष देखाइएको छ । ट्रेलर कमेडीले भरिपूर्ण छ । 
 
ट्रेलरमा लिड एक्ट्रेस सारा सिर्पालीको 'स्क्रिन स्पेस' एकदमै कम छ । अभिनेता द्वय सलोन बस्नेत र विनोद पौडेल बढी हाबी छन् । फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीलगायतका कलाकारहरुको अभिनय छ । 
 
यसमा अभिनेत्री प्रियंका कार्की विशेष भूमिकामा छिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैंले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । 
 
अभिमन्यू 'निरवी' र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । 'हुकुम बक्सियोस्...' बोलको गीतका कारण चर्चामा रहेको फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)