Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘समर लभ’ टिजरमा अतित र सायाको प्रेम र विछोड

फिल्मीखबर, काठमाण्डौ, 2018/11/23
युवा लेखक सुबिन भट्टराईद्वारा लिखित चर्चित पुस्तक ‘समर लभ’ माथि निर्माण भएको फिल्म ‘समर लभ’ को अफिसियल टिजर युट्युब रिलिज भएको छ । टिजरमा पुस्तकका केही घतलाग्दा संवादहरुलाई स्थान दिइएको छ । सार्वजनिक टिजरले अतित र सायाको प्रेम र विछोडको कथा भन्छ । 
 
 
फिल्ममा सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्री प्रमुख भूमिकामा छन् । फिल्मबाट आशिष र रेवतीले डेब्यु गरेका हुन् । आशिष 'अतित' र रेवती 'साया' को भूमिकामा छन् । ‘नाइँ नभन्नू ल ३’ फेम्ड निर्देशक मुस्कान ढकालले फिल्मको निर्देशन गरेका हुन् । 
 
निर्देशक ढकाल भन्छन्, ‘किताबको हाइप पूरा गर्न पनि फिल्ममा धेरै मेहनत गरेका छौं । अब हामी दर्शकलाई अपेक्षा गरे अनुरुपको फिल्म पस्कन तयार छौं ।’ सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् । फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् । 
 
नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । स्वपन सरकार र मनोज बिक सह-निर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । 
 
फिल्ममा पुष्पन प्रधानको संगीत रहेको छ भने फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन् । माघ २५ बाट प्रदर्शनमा आउने फिल्मको सम्पादक अर्जुन जिसी रहेका छन् । ‘समर लभ’ पुस्तक सर्वाधिक रुचाइएका कारण यो फिल्ममाथि दर्शकको अपेक्षा बढी छ । अब त्यो अपेक्षामाथि फिल्म खरो उत्रन सक्छ वा सक्दैन ? यसको भने प्रतिक्षा गर्नै पर्ने हुन्छ । 
 
टिजर हेर्नुहोस् :-

Most Visited News (monthly)