नायिका दीपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमलीला’ को चार अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका तीन मुख्य पात्र दीपशिखा र अलिसँगै मौसम खड्का फिचर्ड छन् । चारैवटा पोस्टरमा नायिका खड्का दुवै नायकसँग रोमान्टिक मूडमा देखिएकी छिन् ।

अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्मको फर्स्टलुक र पहिलो गीत 'जाने क्या हुवा ए' सार्वजनिक भइसकेको छ । जनक पाण्डे निर्देशित फिल्मलाई पबन गौतमले खिचेका हुन् । फिल्ममा चन्दन दत्त र सालिक दुलालको सम्पादन र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ । सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायतको पनि यसमा अभिनय छ ।
नायिका दीपशिखाकै कथा तथा लेखन रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् । सुनिल मानन्धरले वितरण गर्न लागेको फिल्म माघ २५ बाट देशभर रिलिज हुनेछ ।

