Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आकाशको अग्नि परिक्षा ‘ड्रिम गर्ल’

फिल्मीखबर, काठमाण्डौ, 2018/11/23
अभिनेता अनमोल केसीकी आमा सुस्मिता बम्जनले निर्माण गरेको फिल्म 'म त तिम्रै हुँ' बाट डेब्यु गरेपनि अभिनेता आकाश श्रेष्ठलाई सुदर्शन थापा निर्देशित फिल्म 'रामकहानी' ले सबैमाझ चिनायो । हुनत, उनले डेब्यु फिल्मपछि गिनेचुनेकी अभिनेत्री साम्राज्ञी आरएल शाहसँग फिल्म 'तिमीसँग' नगरेका होइनन् । तर, न फिल्म सफल भयो न जस आफूले पाए । 
 
अभिनेत्री पूजा शर्मासँग अनस्क्रिन रोमान्स गरेपछि भने अहिले उनलाई नेपाली फिल्मका उदाउँदा नक्षेत्रको रुपमा हेरिएको छ । उनलाई लिएर फिल्म निर्माण गर्न चाहने निर्माता/निर्देशकको तँछाडमछाड सुरु हुन थालेको छ । यसबीच उनको नयाँ फिल्म ‘ड्रिम गर्ल’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । 
 
 
यो फिल्मलाई आकाशको अग्नि परिक्षाको रुपमा हेरिएको छ । डेब्यु फिल्ममा सोलो हिरो थिए तर फिल्म चलेन । 'तिमीसँग' बाट अभिनेता नाजिर हुसेनले सबै क्रेडिट आफ्नो पोल्टामा पारे । अर्को फिल्म 'रामकहानी' बक्सअफिसमा ठिकठाक चल्यो तर केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राईलगायतका कलाकारका कारण उनी छाँयामा परे । 
 
‘ड्रिम गर्ल’ का भने उनी सोलो हिरो हुन् । यो फिल्मको बक्सअफिस कलेक्सनले उनको उदाउँदो फिल्मी करिअरको नयाँ बाटो निर्धारण गर्ने फिल्मी पण्डितहरु बताउँछन् । उक्त फिल्म सफल भएको खण्डमा उनको डिमान्ड थप चुलिने पक्का छ । अब यो अग्नि परिक्षामा उनी सफल होलान् वा असफल ? अझै केही दिन प्रतिक्षा गर्नै पर्ने हुन्छ । 
 
फिल्ममा उनको जोडी नव-अभिनेत्री आश्मा गिरीसँग बाँधिएको छ । निर्देशक ऋषिराज आचार्य  निर्देशित ‘ड्रिम गर्ल’ मा विल्सन विक्रम राई, शिशिर भण्डारी, सरोज खनाल, अर्जुन श्रेष्ठ, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतले पनि अभिनय गरेका छन् । 
Most Visited News (monthly)