Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डोली’ ट्रेलरमा किशोर र पृथ्वीको एक्सन

फिल्मीखबर, काठमाण्डौ, 2018/11/23
 
मंसिर २८ गतेलाई डोली चढ्ने दिन तय गरिएको फिल्म ‘डोली’ को अफिसियल ट्रेलर लञ्च भएको छ । ट्रेलरमा लभ, एक्सन, कमेडीको समिश्रण देखिन्छ । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म सामाजिक बिषयमा निर्माण भएको बताइएको छ । 
 
किरण नेपालीले निर्माण गरको फिल्ममा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, संगीता नापीत, सानिया खान, अर्जुन गुरुङ, नवीन रेग्मी, प्रशान्त भण्डारी, दामोदर खतिवडा, प्रिया रिजाल, हिउँवाला गौतमलगायतका कलाकारले अभिनय छ । 
 
सिडी अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको ‘डोली’ लाई जयराम थापाले खिचेका हुन् । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्मित फिल्ममा शंकर महर्जनको द्वन्द्व निर्देशन र कोरियोग्राफी श्रीकृष्ण परियारले गरेका छन् । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)