Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिक्रमको स्वरमा ‘प्रसाद’ को तेस्रो गीत रेकर्ड

फिल्मीखबर, काठमाण्डौ, 2018/11/23
‘लै लै’ गीतका कारण चर्चामा रहेको मंसिर २१ मा आउने दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ को तेस्रो गीत रेकर्ड गरिएको छ । बिहीवार काठमाडौंको नक्सालमा अवस्थित एक स्टुडियोमा फिल्मको ‘बरै क्यारी बाँचौला...’ गीत रेकर्ड गरिएको हो । गीतमा बिक्रम बरालले स्वर भरेका छन् । 
 
बिक्रम 'नेपाल आइडल सिजन- २' का उत्कृष्ट  ७ प्रतिस्पर्धी मध्येका एक हुन् । केही दिन अगाडि आइडलको मञ्चमा नै पुगेर निर्देशक राउत र निर्माता सुवास थापाले उनलाई फिल्मको गीत अफर गरेका थिए । रेकर्ड गरिएको गीतमा संगीतकार सुवास भुषालको शब्द तथा संगीत रहेको छ । 
 
 
निर्देशक राउतले उक्त गीत फिल्ममा प्लेब्याक म्यूजिकको रुपमा प्रयोग गरिने बताए । ‘हाम्रो टिमले यो गीत पहिले नै कम्पोज गरेको थियो तर प्लेब्याकमा प्रयोग हुने भएकोले फिल्म रिलिजको संघारमा गीत रेकर्ड गरिएको हो’, उनले भने । उनले उक्त गीत फिल्ममा मात्र हेर्न पाइने पनि जानकारी दिए । 
 
फिल्म रिलिज भएपछि गीत युट्युबमा ल्याउने तयारीमा निर्माण टिम छ । ‘प्रसाद’ का निर्माता थापाले आइडलका प्रतिस्पर्धी बराललाई एउटा प्रोफेसनल गायक बराबर पारिश्रमिक दिएको बताए । गीत रेकर्ड गर्नुअघि उनलाई निर्माताले पारिश्रमिक पनि हस्तान्तरण गरेका थिए । 
 
निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा फिल्मले बोल्छ । रंग पत्रकार सुशील पौडेलको कथा रहेको फिल्ममा नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेतलगायतका कलाकारको अभिनय रहेको छ ।  
Most Visited News (monthly)