Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२० करोडको ‘बधाई हो’ ले कमायो २ सय करोड

एजेन्सी, मुम्बई, 2018/11/22
 
बलिउड सुपरस्टार आयुष्मान खुराना स्टारर फिल्म ‘बधाई हो’ को कमाईको सिलसिला अझै जारी छ । अभिनेता आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ लाई पछाडि छोड्दै बक्सअफिसमा उक्त फिल्म कमाईको रेसमा अगाडि निस्किएको छ । फिल्म वर्ल्ड वाइड २ सय करोडमा ईन्ट्री भएको छ ।  
 
ट्रेड एनालिस्ट तरण आदर्शले ट्विटमार्फत फिल्मको वर्ल्ड वाइड कलेक्सन सार्वजनिक गरेका छन् । फिल्मले भारतमा मात्र १ सय ५८ करोड कमाइसकेको छ भने ओभरसिजबाट ४३ करोड कमाएको छ । फिल्म २० करोडमा बनेको हो । यो हिसाबले फिल्मको कमाई धेरै हो । 
 
‘बधाई हो’ ले पहिलो हप्ता ६६ करोड १० लाख, दोस्रो हप्ता २८ करोड १५ लाख, तेस्रो हप्ता १५ करोड ३५ लाख र चौथो हप्ता १० करोड ८० लाखको कमाई गरेको छ । यो फिल्मलाई क्रिटिक्स र दर्शकले निकै रुचाएका छन् । फिल्ममा आयुष्मानका अलावा सान्या मल्होत्रा, नीना गुप्ता, गजराज रावलगायतको अभिनय छ । 
अमित रवीन्द्रनाथ शर्मा निर्देशित फिल्मले प्रदर्शनको १७ दिनमा सय करोडको आँकडा पार गरेको थियो । आयुष्मान र उनको आमाको भूमिका निभाएकी नीनाको कामलाई दर्शक र समीक्षकले मुक्तकण्ठले प्रशंसा गरेका छन् । ‘बधाई हो’ को सफलतासँगै आयुष्मान बलिउडका शक्तिशाली अभिनेतामा दरिएका छन् । 
Most Visited News (monthly)