Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भजन शैलीको ‘गोपी’ गीत ‘लक्ष्मी कहिले काली’ रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2018/11/21
‘घामपानी’ फेम्ड निर्देशक दीपेन्द्र लामा निर्देशित फिल्म ‘गोपी’ को पहिलो गीत युट्युब रिलिज भएको छ । भजन शैलीको 'लक्ष्मी कहिले काली...' गीतको शब्द साहित्यकार बुद्धिसागरले लेखेका छन् । संगीतकार अर्जुन पोखरेलले आफ्ना पिता बाबुराम पोखरेलसँग मिलेर गीत कम्पोज गरेका हुन् । 
 
 
गीतलाई ध्रुव बिस्को र एन्जिला रेग्मीले गाएका छन् । संगीतकार पोखरेल बजारमा लोकगीतको लहर चलेको बेला फरक गीत बनेकोले सकारात्मक प्रतिक्रिया पाउनेमा विश्वस्त सुनिए । 'मौलिक गीत तयार पार्न निकै गाह्रो छ, तर यो गीत भाका, शब्द र वाद्यवादनका हिसाबले परिपक्व बनेको छ', उनी भन्छन् । 
 
गीतको भिडियोमा अभिनेता विपिन कार्की र अभिनेत्री बर्षा राउतलगायत फिचर्ड छन् । आरोही केसीद्वारा निर्मित 'गोपी' माघ १८ बाट प्रदर्शनमा आउँदैछ । फिल्मको कथाकै माग अनुसार गीत तयार पारिएको निर्देशक लामा बताउँछन् । भन्छन्, 'फिल्मका मुख्य पात्र हिन्दू र गाई पाल्ने भएकाले गीतमा उक्त आस्था झल्काउने प्रयास गरेका छौं ।'
 
फिल्ममा सुरक्षा पन्त, अंकित खड्का, भोला सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणी नेपाललगायतको पनि प्रमुख भूमिका छ । सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा शैलेन्द्र डि. कार्कीले छायांकन र निमेष श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)