Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अक्षयको खुलासा, ‘निर्देशक सोच्थे मलाई अभिनय आउँदैन’

एजेन्सी, मुम्बई, 2018/11/21
 
बलिउड अभिनेता अक्षय कुमारले ‘वर्ल्ड ट्वाइलेट डे’ को अवसरमा ‘यूनिभर्सल एक्सेस टू सेनिटेसन’ नामक प्यानल चर्चामा कयौं खुलासा गरेका छन् । उनले करिअरको सुरुवातमा एक्सन फिल्ममा मात्र काम गरेको बताए । किनकी, उनका फिल्मका निर्माता/निर्देशकलाई लाग्थ्यो कि उनलाई अभिनय गर्न आउँदैन । 
 
उनले भने, 'अहिलेसम्म मैले लगभग १४० फिल्म गरिसकें । आफ्नो करिअरको सुरुवातमा मैले एक्सन फिल्म मात्र गरें । किनकी, मेरा निर्माता र निर्देशकलाई लाग्थ्यो कि म अभिनय गर्न सक्दिनँ । यसैले उनीहरुले फिल्ममा मलाई एक्सन मात्र गराए ।' 
 
'विस्तारै मैले कमेडी र रोमान्टिक फिल्महरु गर्न थालें । फेरि प्रासंगिक फिल्म गर्न सुरु गरें', उनले भने । वर्क फ्रन्टको कुरा गर्ने हो भने अक्षय फिल्म '२.०' मा देखिँदैछन् । यो फिल्ममा उनी नेगेटिभ रोलमा छन् । ट्रेलर लञ्चमा उनले फिल्ममा आफ्नो भूमिकाको बारे बताएका थिए । 
 
उनी भन्छन्, 'फिल्ममा मैले चरित्रका लागि जति मेकअप गरें त्यति मैले जिन्दगीमै कहिल्यै गरेको थिइनँ । यो एक निकै चुनौतीपूर्ण भूमिका थियो । यसका लागि लगभग ४ घण्टा मेकअप गर्नु पर्थ्यो र अर्को डेढ घण्टा पुछ्न लाग्थ्यो ।' योसँगै अक्षय फिल्म 'हाउसफुल ४' र 'मिशन मंगल' मा पनि देखिँदैछन् । 
Most Visited News (monthly)