Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लुट २’ बाट घैंटोमा घाम लाग्यो : निश्चल बस्नेत

फिल्मीखबर, काठमाण्डौ, 2018/11/20
निश्चल बस्नेतलाई निर्देशकको रुपमा मात्र चिनाउँदा अन्याय हुनसक्छ । स्क्रिप्ट राइटर, अभिनेता, मोडल, निर्माता, गायकलगायतको विधामा पनि उनले आफूलाई स्थापित गरिसकेका छन् । केही वर्ष अगाडिसम्म निर्देशकको रुपमा प्रस्तुत हुँदै आएका उनी अहिले माथि उल्लेखित सबै विधामा सक्रिय छन् । 
 
उनी निर्देशित पछिल्लो फिल्म 'लुट २' हो । फिल्मले बक्सअफिसमा पैसा राम्रै छापे पनि उनको चर्को आलोचना भएको थियो । 'लुट' को साख गिराएको दर्शक र समीक्षकको आरोपपछि उनी अब हतारमा फिल्म निर्देशन नगर्ने निर्णयमा छन् । बरु, उनको व्यस्तता अभिनयतर्फ बढ्दो छ । 
 
मंसिर २१ बाट प्रदर्शनमा आउन लागेको फिल्म 'प्रसाद' मा प्रमुख भूमिका निभाएका उनले ‘लुट २’ बाट घैंटोमा घाम लागेको बताउँछन् । सोमबार राजधानीको मौरी रेस्टुराँमा पत्रकारसँग गफिँदै उनले भने, 'मलाई फिल्म बनाउन टाइम लाग्छ । अब आफूलाई हेर्न मन पर्ने र इच्छा लागेको फिल्म मात्र गर्छु ।' 
 
उनले जुनसुकै फिल्म ल्याएर भएको नाम पनि बदनाम बनाउन नचाहने बताए । निश्चल निर्माता र अभिनेताको रुपमा भने दर्शकमाझ पुगिरहने वाचा गर्छन् । ‘लुट २’ गरेर 'गिल्टी फिल' भएको हो ? पत्रकारले उनलाई प्रश्न गरे । गिल्टी फिल नभए पनि आफूले सोचे जस्तो बनाउन भने नसकेको उनले स्वीकार गरे । 
 
‘‘लुट २’ गरेपछि मैले महशुस गरेको कुरा के भने पहिलो पाइला नै मैले गलत रोजिसकेको रहेछु अनि फिल्म कसरी राम्रो हुन्छ । फिल्म स्टोरी जस्टिफाइ गर्नका लागि भनिएकै छैन । क्यारेक्टर जस्टिफाइ गर्न स्टोरी भनिएको छ । गडबडी नै त्यहाँ भइसकेपछि मैले धेरै अपेक्षा गर्नु नै गलत थियो’’, उनले भने । 
 
निश्चलले अर्को वर्षसम्म फिल्म निर्देशन गर्ने सोचमा नभएको पनि स्पष्ट पारेका छन् । उनी थप्छन्, 'अरुलाई होइन अब मलाई चित्त बुझेको चिजमात्र लिएर आउँछु ।' उनले 'लुट २' पछि 'दिमाग खराब'  र 'फनफनी' निर्देशन गर्ने घोषणा गरेका थिए । उनको भनाईलाई आधार मान्ने हो भने कथावस्तु चित्त नबुझेपछि उक्त प्रोजेक्ट थन्किएका छन् । 
Most Visited News (monthly)