Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रणबीरसँग बिहे बारे आलिया भन्छिन्, ‘क्लाइमेक्स पर्खनुस्’

एजेन्सी, मुम्बई, 2018/11/20
 
अभिनेत्री आलिया भट्ट र अभिनेता रणबीर कपूरको बिहेका लागि प्रशंसकलाई लामो समय प्रतिक्षा गर्नु पर्ने भएको छ । आफ्नो विवाहलाई लिएर अभिनेत्री भट्टले मिडियासँग कुराकानी गर्दै सटिक जवाफ दिएकी छिन् । आलियाले रणबीरसँग अर्को वर्ष बिहे गर्ने चर्चा छ । 
 
आलियाले भने विवाहको विषयमा जोडिएका सबै अडकललाई खारेज गरेकी छन् । उनले लक्स गोल्डन रोज अवार्ड्सको क्रममा भनिन्, 'यदी मानिसहरु मेरो विवाहको प्रतिक्षा गरिरहेका छन् भने यसका लागि अझै प्रतिक्षा गर्नु पर्नेछ । मलाई लाग्छ कि क्लाइमेक्स राम्रो हुनेछ ।' 
 
उनले जोधपुरमा हुन लागेको प्रियंका चोपडा र निक जोनसको विवाहलाई लिएर पनि आफ्नो प्रतिक्रिया दिइन् । उनी भन्छिन्, 'म प्रियंकाको विवाहलाई लिएर एकदम खुसी छु । म उनलाई विवाहको आउटफिटमा देख्नका लागि निकै उत्साहित छु । उनी एक सुन्दरी दुलही हुनेछिन् ।' 
 
आलिया र रणबीरको बीच अफेयरको चर्चा लामो समयदेखि चलिरहेको छ । दुई सोनम कपूर र आनन्द आहूजाको विवाहको रिसेप्शनमा एकअर्काको हात समात्दै देखिएका थिए । यो जोडी अचेल फिल्म 'ब्रह्मास्त्र' को सुटिङमा व्यस्त छन् । यी दुई पहिलो पटक सँगै देखिन लागेका हुन् । 
Most Visited News (monthly)