Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुर्घटनामा परे विपिन कार्की

फिल्मीखबर, काठमाण्डौ, 2018/11/20
चर्चित अभिनेता विपिन कार्की दुर्घटनामा परेका छन् । मोटरसाइकलमा सवार उनलाई कलंकीमा विपरित दिशाबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिएपछि उनको दाहिने खुट्टामा चोट लागेको छ । अहिले उनको बल्खुमा अवस्थित बयोधा हस्पिटलमा उपचार भइरहेको छ । 
 
 
'जात्रै जात्रा' को सुटिङमा जाने क्रममा उनको दुर्घटना भएको हो । फिल्मीखबरसँग कुरा गर्दै निर्देशक प्रदीप भट्टराईले अभिनेता कार्कीको अवस्था भने सामान्य रहेको बताए । 'खुट्टा फ्याक्चर भएको हुनसक्ने हाम्रो शंका छ । अस्पतालबाट रिपोर्ट भने आएको छैन', उनले भने । 
 
ठक्कर दिने मोटरसाइकल चालक भने फरार छन् । विपिनको दुर्घटना भएपछि फिल्म 'जात्रै जात्रा' को सुटिङ प्रभावित भएको छ । निर्देशक भट्टराई भन्छन्, 'अहिले सुटिङ रोकिएको छ । डाक्टरले केही दिन रेस्ट गर्नु पर्छ भने सुटिङ रोक्नुको विकल्पै छैन ।' 
 
विपिन अहिलेका चलेका अभिनेतामा पर्दछन् । यही मंसिर २१ गते उनी अभिनीत फिल्म 'प्रसाद' रिलिज हुँदैछ । अहिले उनी 'जात्रै जात्रा' को सुटिङ र 'प्रसाद' को प्रचार एकसाथ गरिरहेका छन् । गएको वर्ष फिल्म 'नाका' र यस वर्ष उनको फिल्म 'हरी' रिलिज भएको थियो । 
Most Visited News (monthly)