Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋचा र छुल्ठिमको ‘न यता न उता’ रिलिज घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2018/11/19
 
‘चोलीको तुना’ बोलको गीतले सकारात्मक प्रतिक्रिया पाउँदै गर्दा मिराज रोश र बिशारद बस्नेत निर्देशित फिल्म ‘न यता न उता’ को प्रदर्शन मिति घोषणा गरिएको छ । वितरक र निर्माताबीच फिल्मलाई माघ २५ मा ल्याउने सहमती भएको छ । 
 
कमेडी कथामा निर्माण भएको फिल्ममा ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोश, समिर दीक्षित, बुद्धि तामाङ, रबिन्द्र झा, राजाराम पौडेल, कमलमणी नेपाल, नम्रता सापकोटा, सिल्सा जिरेल, लुभिना तुलाधर, राजन खतिवडा, जयनन्द लामालगायतको मुख्य भुमिका छ ।
 
ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता रहेको फिल्ममा अमित अर्याल, बिजय अवाले, बिनिता अधिकारी, डाक्टर निराजन शर्मा लगायतको लगानी रहेको छ । त्रन्त्रालय फिल्म्स र हाइलाइट नेपालको ब्यानरमा फिल्म बनेको हो । 
 
 ‘न यता न उता’ मा राजन इशान र मिलन जलानको संगीत, विक्रम स्वारको कोरियोग्राफी, अरोन अशोक कुमारको छायांकन, निदेशक मिराज रोशको कथा, अभिमन्यु 'निरबी' को पटकथा तथा संवाद र विपिन मल्लको सम्पादन रहेको छ ।